नुवाकोटमा मलागेडी ब्रहाथुम लिफ्ट खानेपानी योजना सम्पन्न | ताराखसे, ब्रहाथुम, बेदाटोल, पिपलनेटाबासीमा खुशीयाली

नुवाकोटमा मलागेडी ब्रहाथुम लिफ्ट खानेपानी योजना सम्पन्न | ताराखसे, ब्रहाथुम, बेदाटोल, पिपलनेटाबासीमा खुशीयाली


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटको मलागेडी ब्रहाथुममा लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ । 


नुवाकोटको मलागेडी ब्रहाथुममा लिफ्ट खानेपानी  योजना सम्पन्न भएको हो । मंगलवार घर-घर धारामा खानेपानी आएपछि नुवाकोटको मलागेडी ब्रहाथुमका बासिन्दामा खुशीयाली छाएको छ । 

वार्ड नं ८ वार्ड महिला सदस्य कल्पना भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार मलागेडी ब्रहाथुम लिफ्ट खानेपानी योजना भुमिकास्थान नगरपालिकाको १५ लाख, जन-श्रमदान ५ लाख गरि २० लाखको लागतमा ४ बर्षमा सम्पन्न भएको हो ।  

यस मलागेडी ब्रहाथुम लिफ्ट खानेपानी योजनाबाट ६२ घर धुरी तथा कुल जनसंख्य २४० बढी लाभान्वित हुनेछन् । अरु ५ ,१० घर धारा जोडन बांकी रहेको छ । 


मलागेडी ब्रहाथुम लिफ्ट खानेपानी योजना सम्पन्न कार्यक्रममा नगर प्रमुख रेशम थापा, वार्ड नं ८ का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ, प्राबिधिक रामु भट्टराई, महिला सदस्य कल्पना भुसाल (८ नं वार्ड) उपभोक्ता समितीका अध्यक्ष दुर्गा भुसाल, सचिब प्रेम भुसाल, उपभोक्ता समितिका सदस्य  तथा उपभोक्ताहरु, मोटर जडान गर्ने अल्फा निर्माण शेवाका प्रोप्राइटर तथा लिफ्ट टेक्निसियन दिपक परियार लगायतको उपस्थीत रहेको थियो । 

साथै यस लिफ्ट खानेपानी योजनाको मुहानदेखि आबिटीसम्मको दुरि ५५० मिटर रहेको छ । भने प्रति सेकेन्ड पानीको बहाब क्षमता ५ लिटर रहेको छ । 

अन्य समाचारहरु