नुवाकोटको श्री महेन्द्र आधारभुत विधालय हटिया बजारको भवन जीर्ण, विधार्थीहरु जोखिम मोल्दै पढन् वाध्य

 नुवाकोटको श्री महेन्द्र आधारभुत विधालय हटिया बजारको भवन जीर्ण, विधार्थीहरु जोखिम मोल्दै पढन् वाध्य

दीपेन्द्र पौडेल 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ नुवाकोटको हटिया बजारमा रहेको श्री महेन्द्र आधारभुत विधालयको भवन पुरानो जीर्ण हुँदा बालबालिकाहरु जोखिम मोल्दै पढन् वाध्य भएका छन् । 


नुवाकोट स्थित हटिया बजारमा रहेको श्री महेन्द्र आधारभुत विधालयको भवन पुरानो जीर्ण हुँदा बालबालिकाहरु जोखिम मोल्दै पढन् वाध्य भएका हुन् । 

यहाँ विधार्थीहरुलाई पुरानो जीर्ण चर्काएको भवनभित्र बसेर शिक्षण गर्न समस्या परेको छ । गएको ५ वर्षसम्म  नगर प्रमुख, उप प्रमुख  र   ८ का वार्ड अध्यक्ष लगायत सबैले उदासीनता देखाउदा विधालय लामो समयसम्म मर्मत हुन सकेको छैन् ।    


वि.स. २०१८ मा स्थापना भएको यस विधालयको भवनको जग पहिरोले लगेको छ । उक्त भवन जतिबेला पनि ढल्न सक्छ । यस्तै बालबालिकाहरु जोखिम मोल्दै पढन् वाध्य जिल्ला  शिक्षा  समन्वय  इकाई लगायतका निकाय पनि मौन देखिन्छन् ।    


उता नगरपालिकाबाट विभिन्न  शिर्षक मा ५ लाख बजेटबाट विद्यालय परिसरमा पर्खाल निर्माण भैरहेको भनेता पनि विधालयको पछाडिको भाग जीर्ण भएको छ । भने विधार्थीहरुलाई जोखिम उतिकै छ ।

बैशाख  ३० गते हुने स्थानिय निर्वाचनको लागि यहाँ मतदान केन्द्र तोकिएको छ । तर यस विधालयको भौतिक अवस्थामा अहिलेसम्म सुधार आउन सकेको छैन् । 

अन्य समाचारहरु