सन्धिर्खकमा गोली हानी चितुवा मारियो

गणेश खनाल
 
सन्धिर्खक, अर्घाखाँची - २०७१ जेष्ठ २९ बिहीवार । अर्घाखाँचीका गाउँ-गाँउमा चितुवाले आतंक मच्चाएको भन्दै विगत १ हप्तादेखि खोजिएको चितुवा बिहिवार सन्धिर्खक नगरपालिका बाँगी खोलाको तिरमा लुकीराखेको अवस्थामा प्रहरीले गोली हानी मारेको छ।
 
सन्धिर्खकको बाँगी खोला तिरमा मारिएको चितुवा नियाल्दै जिल्ला प्रहरी कार्यालयका अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र जिसी लगाएत अन्य प्रहरी।
 
बिहिवार बिहान सन्धिर्खक नगरपालिका १ बागी खोलाको छेउमा रहेको झाडीमा लुकी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट गएको टोलीले ९ राउन्ड गोली हानी चितुवा मार्न सफल भएको हो।
 
स्थानीयवासिको ज्ञापन पत्र, जुलुससहित जिल्ला प्रशासनमा आएपछि गृहको निर्णय अनुसार चितुवा मारीएको प्रहरी नायव उपरीक्षक दीपेन्द्र जिसीले बताए । मारीएको चितुवा प्रहरीले मुचुल्का उठाई जिल्ला वन कार्यालय अर्घाखाँचीलाई बुझाएको प्रहरी निरिक्षक गोविन्द पन्थीले बताए । बाघ ४ फिट ४ ईन्च लामो र १७.५ किलो रहेको प्रहरीले जनाएको छ। चितुवा हेर्न स्थानीयबासिको  ठूलो लर्को लागेको थियो।
 
 
चितुवाले गएको जेठ २२ गते साँझ सन्धिखर्क २ कुर निवासी वर्ष ७ का सुरेश आचार्यलाई खाएको थियो।  बैसाख ३ गते किमडाडाँ गाविस वाड न. १ मरासिनी टोला निवासी रामप्रसाद मरासिनी र शान्ता मरासिनीका छोरा २० महिनाको युबराज मरासिनीलाई घरैबाट आकमण गरि लगेर चितुवाले खाएको थियो।
 
त्यसभन्दा पहिले नुवाकोट गाविसको वाडन.४ सुरसिंगमा दुर्गा बहादुर नेपालीको छोरा ३ वर्षीय नारायण नेपाली पिताम्बर नेपालीको छोरा ६ वर्षीय उमेश नेपालीलाई चितुवाले खाएको थियो। यद्यपी मारीएको चितुवा बालवालिका खाने नै हो भन्नेमा स्थानीय वासिन्दामा ढुक्क नभएको स्थानीयको भनाई छ। घर घरबाट चितुवाले आक्रमण गरी बच्चा बच्ची खाना थालेपछि सन्धिखर्क आसपासका बासिन्दा चितुवामार्नै पर्ने मागमा उत्रिएका थिए।

अन्य समाचारहरु