मानव विकास सभ्यतामा अगाडि खुशीमा कमी

मानव विकास सभ्यतामा अगाडि खुशीमा कमी


बिमल चौहान ( माइलो )          

मुसो जस्तो प्रजातिबाट शुरूवात भएर आज करिब ८७ लाख प्रजातिलाई नेतृत्व गर्दै पृथ्वी र अन्तरीक्षमा पनि आफ्नो उपस्थिति देखाएको छ ।२लाख ४०बर्ष अगाडि अस्तित्वमा देखापरे मानव आज यसरी सारा पृथ्वी माथि शासन गरेको छ ।     

  बौद्धिकता ,आविष्कार र  स्वयम शारीरिक सुन्दरतामा पनि आमूल परिवर्तन देखिएको छ तर प्रारम्भिक चरण भन्दा मान्छे झन् खुशी गुमेका छन् ।

पृथ्वीको उमेर ४अर्ब बर्ष भयो ।यसबीचमा ठुला ठुला महा बिपत्ति भए ।धेरै बर्ष पहिले डायनासोर भन्ने प्रजाती यो पृथ्वीमा राज गर्थें त्यो यति शक्तिशाली थियोे कि पानी ,जमिन र हावामा  समेत उड्ने गर्थें त्यसले सबै प्रजातिको नाश गर्ने गर्थें ।यसैक्रममा पृथ्वीको कुनै पिन्ड आगोको रूपमा विकसित भयो करिब १०किलोमिटर चौडा भएको ७०हजार प्रति किलोमिटर  घन्टाको रप्तारमा दौडने पृथ्वी र वायुमण्डलमा प्रवेश गरेर आगो बोल्न थालो यसको ८ सय किलोमिटर दुरी  नजिक आउने सबैलाई क्षण भरमै खरानी हुन्थे ।यो पृथ्वीको सतहमा ठोकियो र ठुलो विस्फोट भयो ।यति शक्तिशाली कि पृथ्वीमा भएका  धातुहरु उडेर अन्तरीक्षमा पुगे यतिबेला पृथ्वीको तापक्रम १९०डि.सि थियोे ।यसले गर्दा डायनासोर सबै सकिए २५किलो तौल  भन्दा बढी कुनै पनि जीव  बाच्न सकेनन्  तर मुसो ,भ्यागुतो ,गोही ,शङ्खे किरा २५%केहि मात्र बाचेको बताइन्छ ।मानिस आजभन्दा करिब ४०लाख बर्ष अगाडि अफ्रिकाको पुर्बी भागमा उत्पत्ति भएको मानिन्छ ।त्यहीँबाट बादर र मान्छे छुटिएको हुन् ।एप्स प्रजाती रुखमा बस्ने गर्थें हातले समाएर रुखमा  झुन्डिने बानीले गर्दा उनीहरू बिस्तारै खुट्टाले मात्रै टेकेर उभिने भए खानको खोजीमा जमिनमा हिड्न थाले ।पहिलो मानव प्रजाती Homo Habils उसले औजार बनाउने ढुंगाबाट हतियार निर्माण गरेर सिकार गर्ने  तर काचै खाने  मौन थिए कुनै बोल्ने बिकास भएको थिएन ।यसमयक्रम संगै Homo Erectus बोल्ने पहिलो मानव थियोे र यसले आगोको समेत बिकास गर्‍यो ।खाना पकाएर खाने  र समुहमा बस्ने परिपाटीको बिकास भयो र यसले बिस्तारै खाना पचाउन शरीरले कम शक्ति खर्च गर्नुपर्ने हुँदा बुद्धि बिकास हुँदैन भयो ।पहिलो बुद्धिमान मान्छे Homo Sapiens हो आज हामी उनैका पुस्ता हौं ।त्यसपछि बस्ती चीन ,अस्ट्रेलिया ,नाइल नदीको किनारमा बसेको बताइन्छ ।मुसा जत्रो  प्रजातिबाट हामी अनुकुल जलवायु भएर बिस्तारै ४फिटको ४पाउबाट दुई पाउमा हिड्ने  मान्छे भएर आधुनिक मानव बिकास भएको छ । ।पहिले पशुपालन गर्ने  पछि खेतीपाती गरेको बताइन्छ ।खेतीपातीको  शुरूवात इजिप्टमा गहुँ र जौको गरेको उल्लेख छ ।                                                  

 हामीले देखेको हाम्रो जीवनमा पनि धेरै परिवर्तन भए पहिले पेटभरि खान नपुग्ने अवस्था धेरै मान्छेको थियोे चामलको भात खान पर्व आउनुपर्ने थियोे ।मैले जान्दा पनि हाम्रो ठाँउमा अहिले जस्तो गाडी र सूचना प्राविधिकको बिकास भएको थिएन ।पाटीमा क, ख लेखेको मेरो अनुभव  छ ,५कक्षासम्म पढ्दा हाप पाइन्टमा जान्थ्यो स्कुल ,६-७कक्षामा  पढ्दा होला जुत्ता लगाएको ,धेरै कपडा फेर्नेलाई हुने थिएनन् त्यो हाम्रो आर्थिक अवस्था कम्जोर भएर किन्न नसक्ने भएर होइन परिवेश त्यस्तै थियोे धनी भन्नेका छोराछोरीहरु पनि त्यसरी जान्थे ,त्यस समयमा अलि धनी भन्नेलेहरुले घोडा प्रयोग गर्थें सवारीको रूपमा ।त्यसक्रम संगै गाडी सूचना प्राविधिकले फड्को मारेको छ ।सुबिधा सम्पन्न भवन छन ।जमिन मुनी गुड्ने रेल देखी पानी र  आकाशसम्म उड्ने जहाज बनेका छन् ,रोबर्ट ,रकेट ,अन्तरीक्षमा मान्छे पुग्ने खेती गर्नेसम्मका बिकास भए बिज्ञान प्राविधिकले अद्भुत चमत्कार गरेको छ।गाउँमा बसेर बिश्वको जुनसुकै ठाँउमा भएको आफ्नो सन्तानसंग एउटा मोबाइल भिडियोमा  प्रत्येक्ष कुरा गर्ने दिन आएको छ ।मलाई लाग्छ मान्छे सकिन्छ तर बिज्ञान सकिदैन केहि मान्छेलाई अब सबै कुरा पत्ता लागो अन्तरीक्षमा मान्छे पुगे मंगलग्रहमा अब के छ भन्ने होला अझै धेरै छ जुन कुरा निरन्तर हुने छ।   

मैले यति धेरै कुरा उठान गरेर भन्न् खोजेको कुरा के हो भने ।एउटा मुसा जस्तो प्रजातिबाट विकसित भएर ढुंगाको हतियार बनाउने हाम्रो पुस्ता अन्तरीक्षमा पुग्ने कुरा पत्ता लगाउदा पनि खुशी छैन ?तुलना गरौं ढुंगा खोप्दा खुशी हुने हाम्रो पुस्ता र अन्तरीक्षमा पुग्ने कुरा पत्ता लगाउदा कुन चाहिँ बढी खुशी होला ?मेरो घर गाउँमा छ हामी केहि गर्न सकिन्छ कि भनेर केहि आशा र लक्ष्य लिएर काठमाडौंमा छौँ बृद्धअवस्था भएका मातापितालाई गाउँमा  छोडेर तर यहीँ  काठमाडौंमा घर भएका करोडौं अर्बौं भएका घरमा हेर्दा पनि घरमा केवल बुढाबुढि भएका आमाबुवा मात्रै छन सन्तान केहि गर्ने आशा र लक्ष्यमा युरोप छन् ।अब भन्नुस् मानिसको जीवन कहाँ खुशी छ ?यहाँका घरधनी भन्दा हाम्रो गाउँका बुवाआमा बढी खुशी हुनुहुन्छ ?बिज्ञानको चमत्कार गर्ने बैज्ञानिक भन्दा ढुंगाको हतियार बनाउने बैज्ञानिक बढी खुशी थिए होला ?यसरी सामान्य अवस्थाबाट आएका हामी किन आज यति धेरै सम्पत्ति पद प्रतिस्ठाको पछि लागेका छौँ ?चर्म अभिलाषा लिएर हिडेका खुशी आफैंबाट भगाएकाले सोच्ने बेला भयो कि ?          

    अन्तमा :फेरि पनि जोड दिन्छु सीप ,ज्ञान ,बिज्ञान ,मेहेनत हामी छोड्नु हुन्न ?यहीँ ठिक छ भनेर ढुंगा खोप्ने आट नगरेको भए ,आगो र बोल्ने कोसिस नगरेको भए हामी यहाँ आउने थियौं पक्का हो तर जुन काम गर्छौं हामी अहिलेका मानव त्यसैमा रमाउन बिर्सेका छौँ कि ?सुझाव काम गरौं त्यसैमा रमाउन सिकौं ।

अन्य समाचारहरु