शितगंगा नगरपालिकाको मेयर पदमा काङ्रेसका छबिलाल पौडेल भिड्दै

शितगंगा नगरपालिकाको मेयर पदमा काङ्रेसका छबिलाल पौडेल भिड्दै

केशबराज ज्ञवाली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा चुनाबी माहोल तातिदै गएको बेला धमाधम उमेदवारको सिफारिश गर्ने क्रम चलिरहेको छ  । यस संगै देशकै ठूलो नगरपालिका सितगङ्गा नगरपालिकाको मेयर पदको उमेदवारमा नेपाली काङ्रेसले छबिलाल पौडेललाइ चुनेको छ ।

सितगङ्गा ५ का पौडेल नेपाली काङ्ग्रेसका निवर्तमान जिल्ला सचिब हुन । पाका र इमान्दार नेताको छवि बनाएका पौडेल काङ्ग्रेस संगै   गठबन्धन  सहितको अवस्था र आफ्नो राजनितिक इमान्दारिताको कारण निर्वाचन जित्ने दावी गरेका छन ।

यस्तै उप मेयर पदमा भने माओबादिका तर्फ बाट टीका रेश्मि दोहोरिन सक्ने संभावना रहेको पनि पौडेलले बताएका छन यधपी यो समाचार तयार पारुन्जेल उप मेयरको निर्णय बाहिर आइसकेको छैन ।

अन्य समाचारहरु