भुमिकास्थानमा एमाले निकट अनेरास्ववियुको भित्तेपात्रो विमोजन कार्यक्रम सम्पन्न | नेता गैरेले भने; अनेरास्ववियु परिर्वतनको संवाहक र सर्जनशिलताको प्रतिक हो

भुमिकास्थानमा एमाले निकट अनेरास्ववियुको भित्तेपात्रो विमोजन कार्यक्रम सम्पन्न | नेता गैरेले भने; अनेरास्ववियु परिर्वतनको संवाहक र सर्जनशिलताको प्रतिक हो

अर्घाखाँचीडट्कम संवाददाता 

मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भुमिकास्थान नगर कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको भित्तेपात्रोलाइ विमोजन गर्नुहुदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लुम्विनी प्रदेश कमिटीका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि प्रेम नारायण गैरेले अनेरास्ववियु मुलुकमा भएको राजनैतिक, सामाजिक र शैक्षिक परर्वतनको संवाहक र सिर्जनशिलताको प्रतिक भएको बताउनुभएको छ ।


उहाँले अर्घाखाँची जिल्लाको अनेरास्ववियु थप गतिशिल सिर्जनशिल हुदै विद्यार्थि अधिकार शैक्षिक मुद्दामा केन्द्रित भइ काम गर्न अनुरोध गर्दै भित्ते पात्रो जस्तो नमुना र सिर्जनशिल काम गर्दै अगाडि वढेकोमा कमिटीलाई बधाइ तथा थप क्रियाशिलता र रचनात्मक कामको शुभेच्छा व्याक्त गर्नुभयो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष नारायण भुसालले अनेरास्ववियु भुमिकास्थान नगरपालिकाले भित्तेपात्रो प्रकाशन गरि एक नमुना, ऐतिहासिक र सिर्जनशिल कामको सुरुवात गरेकोमा बधाइ दिदै अव अनेरास्वयिु शैक्षिक मुद्दा, गुणस्तर सर्वसुलव शिक्षा, विधार्थी अधिकारका विषयहरुलाई ध्यान केन्द्रित गरि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।


नेकपा एमाले भुमिकास्थान नगर कमिटीका सदस्य जर्नादन गैरेले कमिटी निमार्ण भएको छोटो समयमा कमिटीले ऐतिहासकि काम सुरु गरेकोमा धन्यावाद तथा बधाइ दिदै थप सिर्जनशिल कामको सफलताको शुभकामना व्याक्त गर्नुभयो ।

भित्तेपात्रो विमोचन कार्यक्रममा अनेरास्ववियुका जिल्ला उपाध्यक्ष रामचन्द्र श्रेष्ठ, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज युवाराज गरैले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अनेरास्ववियु भुमिकास्थान नगर कमिटीका अध्यक्ष नारायण आचार्यको अध्यक्षता, उपाध्यक्ष बशन्ता गरैको स्वागत मन्तव्य र सचिव विर विक्रम भट्टराइको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु