संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै

      
      केही अघिसम्म गाउँ गाउँमा प्रशस्तै रहेका कोलहरू आधुनिक मिलले विस्थापित भएका छन् । परम्परागत कोलमा तोरी, तील, चिउरीलगायतका तेलजन्य बस्तु पेलिन्थे । गाउँमा आधुनिक मिल भित्रिएसँगै कोलहरू हराएका हुन् ।

ठूलो चेप्टो ढुंगाको बीचमा प्वाल पारी काठको १० फिट जति लामो बियोलाई र पाटको सहायतामा गोलो घेरामा घुमाएर तेल पेल्ने गरिन्छ । पहिले तेल पेल्ने एउटै साधन कोल थियो,  पहिले गाउँमा जताततै कोल हुन्थे । कोलमा पेलिएको शुद्ध तेल प्रयोग गर्न पाइन्थ्यो । तर अचेल सबै ठाउँमा मिल स्थापना भएसँगै कोल हराउन थालेका छन् ।

कोलमा पेलिएको तेल शुद्ध र स्वच्छ हुने भए पनि संरक्षणका लागि पहल नगरिँदा लोप हुने खतरामा पुगेको छ । केही वर्षयता गाउँगाउँमा तेल पेल्नका लागि मिलहरू खुल्ने क्रम बढेकाले कोलको प्रयोग कम हुन थालेको हो ग्रामीण भेगमा समेत मिल खुलेका छन् ।

कोलमा पेलिएको तेल सुत्केरी महिला र बच्चाका लागि समेत लाभदायक हुने गर्दछ  । कोलमा तेल पेल्ने झन्झटिलो र धेरै समय लाग्ने लामो हुने भएकाले अहिले त्यसको प्रयोग घटेको छ  । अहिलेको पुस्ताले कोलका भन्दा मिलमा तेल पेल्ने गरेका छन्, ।

कोल आफैंमा सानो उद्योगको नमुना भए तापनि संरक्षणमा कसैले चासो नदिँदा आउँदो पुस्ताले यसका बारेमा थाहा नपाउन पनि सक्छन । कान्तिपुरले लेखेको छ ।


अन्य समाचारहरु