कांग्रेस कृष्णप्रसाद सिटौलासहित तीन जना उपप्रधानमन्त्री

काठमाडौं -  पार्टीको निर्णयअनुसार कृष्णप्रसाद सिटौलालाई उपप्रधानमन्त्री बनाउन कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रस्ताव गरेका छन्।
 
कांग्रेसको तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री सिटौलाको राष्ट्रपतिको उपस्थितिमा उनकै निवासमा प्रधानमन्त्रीले शपथ खुवाएका छन्।

सिटौलासहित वर्तमान मन्त्रिमण्डलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार (उपप्रधान तथा गृह), तीन जना उपप्रधानमन्त्री हुनेछन्।

अन्य समाचारहरु