खनको पातलकटेरामा कांग्रेसको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

खनको पातलकटेरामा कांग्रेसको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


बिष्णु खनाल

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेस अर्घाखाँचीको आयोजनामा मालारानी ४ खन पातलकटेरामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल शिक्षक संघका नेता गोबिन्द बहादुर खनालका पिता अभिभावक शोभाखर खनालको ८९ वर्षको उमेरमा २०७८ माघ २० गते भएको दु:खद निधनमा दिवङ्गत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । 

काङ्ग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल `मुस्कान´ र जिल्ला सभापती केशव श्रेष्ठले दिवङ्गत शोभाखर खनालको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाई सम्मान प्रकट गर्नुभएको हो । 

कार्यक्रममा काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, सदस्य बिष्णु क्षेत्री, खनका काव सभापती बिनिराम पोख्रेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । 

कार्यक्रम जिल्ला सचिव कृष्ण प्रसाद खनालको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु