कैलालीको धनगढीमा आफ्नै आमाले बिष सेवन गराएर आफ्नै दुई छोराछोरीहरुको हत्या

कैलालीको धनगढी नगरपालिका वडा नम्वर २ मिलनचोकमा आफ्नै आमाले बिष सेवन गराएर आफ्नै दुई छोराछोरीहरुको हत्या गराएकी छिन् ।
 
गएराति चाउचाउमा बिष हालेर २४ बर्षिया राधिका न्यौपानेले आफ्नो ८ बर्षिय छोरी सरिता र एक बर्षे छोरो अभिनयको हत्या गरेको हो ।
 
उनीहरु दुवैको आज बिहान कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । आफ्ना दुई बच्चालाई बिष खुवाएर आफूले समते बिष सेवन गरेकी राधीकाको अवस्था पनि गम्भीर रहेको छ । उनको पनि कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।
 
 उनको श्रीमान् बैद्यनाथ, बाहिनी अत्तरीयामा असई छन् । उनी बिदा लिएर हिजो मात्र घर जान्छु भनि हिडेपनि उनी अझसम्म सम्पर्क बाहिर छन् । बिष सेवनको कारण खुल्न सकेको छैन भने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 
rss

अन्य समाचारहरु