नुवाकोटमा मसाल निकट युवक संघ भुमिकास्थान नगरको भेला सम्पन्न, टेक बहादुर थापाद्धारा आफुहरुको जित शुनिश्चित रहेको उल्लेख (तस्बिरहरु)

नुवाकोटमा मसाल निकट युवक संघ भुमिकास्थान नगरको भेला सम्पन्न, टेक बहादुर थापाद्धारा आफुहरुको जित शुनिश्चित रहेको उल्लेख (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समिति अध्यक्ष टेक बहादुर थापाले आसन्न निर्वाचनमा आफुहरुको जित शुनिश्चित रहेको बताउनुभएको छ ।


 गणितीय हिसाबले नभएपनि भुमिकास्थानका जनताले आफुहरुलाई गत निर्वाचनमै जिताएको स्मरण गर्दै अध्यक्ष थापाले यसपालि राजमोले निर्णायक जित हात पार्ने उद्घोष गर्नुभएको हो । अखिल नेपाल युवक संघ भुमिकास्थान-८ नुवाकोटको प्रशिक्षण भेलालाई  सम्बोधन गर्दै उहाँले राष्ट्रिय जनमोर्चानै राष्ट्रभक्त जनताको प्रीय पार्टी भएको बताउनुभएको छ । 


अरु पार्टीले जनतामा अनेक भ्रम छरेर देश बेच्ने खेलमा लागेको आरोप लगाउदै अध्यक्ष थापाले आफुहरु जहिलेपनि देश र जनताको पक्षमा लडिरहेको जिकिर गर्नुभएको छ । कार्यक्रममा युवक संघका केन्द्रिय सचीव कुलराज खनाल,अखिल छैठौंका केन्द्रिय सल्लाहकार गोपाल प्रसाद भट्टराई,अखिल नेपाल शिक्षक संघका जिल्ला सचीव दल बहादुर के.सी. र राजमोका स्थानीय नेता ज्ञान बहादुर खत्री लगायतले मन्तव्य राख्दै युवा,विद्यार्थीलाई भ्रयाङ्ग बनाएर राष्ट्रघात गर्नेहरुका विरुद्ध सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । भेलाले सुन्दर पोख्रेलको अध्यक्षतामा ६१ सदस्यीय युवक संघ वार्ड समितिको गठन गरेको छ । 


जसको उपाध्यक्षमा विवेक खत्री,सचीव अर्जुन पोख्रेल,सह-सचीव संगिता विष्ट र कोषाध्यक्षमा गिता थापा चयन हुनुभएको छ । युवक संघ जिल्ला सदस्य शुरेस आचार्यको अध्यक्षता,मान बहादुर सुनारको स्वागत मन्तव्य र    सुवास हआचार्यको सन्चालनमा कार्यक्रम  सम्पन्न  भएको थियो ।

अन्य समाचारहरु