छत्रदेव गाउँपालिकाद्वारा ६१ करोड बराबरको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने तयारी

छत्रदेव गाउँपालिकाद्वारा ६१ करोड बराबरको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने तयारी

सुर्य भुसाल 

छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले आगामी आ.व. २०७७/७८ को बजेट अधिवेशनको पुर्व सन्ध्यामा बजेट तयारीका विभिन्न चरणहरू मध्ये दोस्रो चरणको श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको वैठक समितिका संयोजक गाउँपालिका प्रमुख लेखनाथ पोख्रेलको संयोजकत्वमा गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ ।


 उक्त वैठकमा समितिका सदस्यहरू गाउँपालिका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष कमल पौडेल, वडा नं. ७ का अध्यक्ष शोभाखर पाण्डे, गाउँकार्यपालिका सदस्यहरू कमला अधिकारी, सुन्तली विश्वकर्मा, योजना शाखा प्रमुख सुनिल पन्थी, योजना शाखाका उपप्रमुख कृष्ण प्रसाद श्रेष्ठको उपस्थितिमा  भएको  वैठकको सहजिकरण  समितिका सदस्य सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले गर्नुभएको थियो । 

आगामी आ.व. मा छत्रदेव गाउँपालिकाले करिब रू. ६१ करोड बराबरको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने गरी तयारी थालेको उक्त समितिका संयोजक एवं वडा नं. ६ का अध्यक्ष कमल पौडेलले जानाकारी गराउनुभएको छ ।

अन्य समाचारहरु