अर्घाखाँचीका सहायक सिडियो विनोद खनाललाई विदाई तथा शाखा अधिकृत थापालाई स्वागत कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीका सहायक सिडियो विनोद खनाललाई विदाई तथा शाखा अधिकृत थापालाई स्वागत कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अनिल नेपाली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा निजामती कर्मचारिहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले नियमित रुपमा गर्दै आईरहेको स्वागत तथा विदाई कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ । 


जिल्लामा आउने नयाँ कर्मचारीको स्वागत र जिल्लाबाट बाहिर सरुवा हुने तथा निवृत हुने कर्मचारीहरुलाई बिदाई गर्दै आईरहेको आधिकारिक ट्रेड युनियनले जिल्ला समन्वय समितिमा आउनु भएका शाखा अधिकृत बाबुराम थापालाई स्वागत र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको बिदाई गरेको छ ।


अर्घाखाँचीमा २ वर्ष भन्दा बढी कार्यरत रही अहिले विनोद खनालको अध्यागमन कार्यालय भैरहवामा सरुवा भएको छ । उहाँले यस जिल्लामा कार्यरत रहँदा आधिकारीक ट्रेड युनियनको हरेक क्रियाकलापमा सहयोग र सहभागी भै कार्यक्रम सफल गराउन अहम भूमिका खेल्नु भएको थियो ।  सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाललाई सरल, सहज र सबैलाई सहयोग गर्ने अधिकृतको रुपमा सम्पूर्ण कर्मचारी र जिल्लावासीले अनुभव गरेका थिए ।
 

कार्यक्रममा बोल्दै सहायक प्र जि अ विनोद खनालले यस जिल्लामा रहँदा बस्दा सहयोग गर्ने आधिकारिक ट्रेड युनियन लगायत सम्पूर्णमा धन्यवाद दिदैं युनियनले शुरु गरेको रचनात्मक र सकरात्मक क्रियाकलापको निरन्तरतामा जोड दिनु भयो  ।
 
कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्माले सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाले व्यक्तिगत तथा पदीय रुपमा आधिकारिक ट्रेड युनियनलाई गरेको सहयोगको मुक्त कण्ठले प्रसंशा गर्दै आगामी दिनमा पनि सहयोग र सुझावको अपेक्षा गरेको बताउदै व्यक्तिगत तथा व्यवसायिक जीवनको कामना समेत गर्नु भएको थियो ।  जिल्लामा आउनु भएका शाखा अधिकृत बावुराम थापालाई स्वागत गर्दै सिबिएले संचालन गर्ने हरेक क्रियाकलापमा सहयोग र सदभावको अपेक्षा गर्दै आफूहरुबाट हुने सहयोगमा कुनै कन्जुस्याई नगर्ने बताउनु भएको थियो ।
 

 कार्यक्रम आधिकारीक ट्रेड युनियनका सह-सचिव मञ्जु खनालको संचालन, स्वागत तथा विदाई हुनुहुने अधिकृतद्वय विनोदन खनाल र बावुराम थापाको विशेष अतिथ्यता र कृष्ण वर्माको अध्यक्षतामा आधिकारिक ट्रेड युनियनको कार्यालय जिल्ला समन्वय समितिको भवनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु