कैलालीमा तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएन, ठूलो क्षति

अत्तरिया, कैलाली   - कैलालीको बलिया गाउँ विकास समितिमा रहेको जनकल्याण सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ। तीन दिनदेखि वन क्षेत्रमा लागेको आगलागीबाट प्राकृतिक सम्पदा, बहुमूल्य जडीबुटी र बोटबिरुवा जलेर नष्ट भएर ठूलो क्षति भएको छ। लामो समयसम्म आगलागी हुँदासमेत आगो नियन्त्रणका लागि पहल हुन सकेको छैन।
 
वन क्षेत्रमा लागेको आगो बढ्दै गएर नजिकको भुरुवा बस्तीसम्म पुग्ने खतरा बढ्दै गएको स्थानीयबासीले बताएका छन्। दुई हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनको आधा क्षेत्रमा आगो फैलिएको छ।

वन क्षेत्रमा आगलागी भएको खबर आएको भए पनि बन्दका साथै स्रोत साधन नहुँदा नियन्त्रणमा समस्या भएको जिल्ला वन कार्यालय कैलालीले जनाएको छ।
- रासस

अन्य समाचारहरु