अर्घा रजस्थल माविमा अक्षयकोष स्थापना

अर्घा रजस्थल माविमा अक्षयकोष स्थापना

अर्घाखाँचीडट्कम संवाददाता 

अर्घा, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को श्री अर्घा रजस्थल माविमा अक्षयकोष स्थापना भएको छ । 


श्री अर्घा रजस्थल माविमा कुडापानी  निबासी  श्रीमती बुमाकला पोख्रेल छोराहरू धर्मराज,रामप्रसाद,सरोज र छोरीहरु साबित्रा, संगीता पोख्रेल ले आफ्ना स्वर्गीय पति/ पिता मुमाराम पोख्रेलको स्मृतिमा मुमाराम पोख्रेल स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । 


उक्त कार्यक्रममा  अक्षयकोष कोष राशी रु १०१०००  ( अक्षरुपी एकलाख एक हजार ) को चेक अक्षयकोष दाताको तर्फबाट आमा बुमाकला पोख्रेलले बिधालयका प्रअ छबिलाल चुदालिलाई हस्तान्तरण गर्नु भएको थियो । 

 बिधालयको तर्फ बाट अक्षयकोष दातालाई दोसल्ला र टीका लगाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा  सनपा -९ का वार्ड अध्यक्ष  पदम प्रसाद भुसाल र बिधालय प्रअ  छबिलाल चुदालीले बिधालयमा अक्षयकोषको आवश्यकता र महत्व माथी प्रकाश पार्दै अक्षयकोषदातालाई विशेष धन्यवाद दिनु भएको थियो । 


 अक्षयकोषदाताको तर्फबाट  धर्मराज पोख्रेलले अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट कक्षा ८-१२ सम्म अध्ययनरत गरिव, जेहनदार विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा खर्च गरिने जानकारी दिनुभयो ।

अन्य समाचारहरु