वाङ्लाको देउरालीमा कांग्रेसको श्रद्वाञ्जली सभा कार्यक्रम सम्पन्न | लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको मुख्य हात रहेको छः सचेतक निर्मला क्षेत्री

वाङ्लाको देउरालीमा कांग्रेसको श्रद्वाञ्जली सभा कार्यक्रम सम्पन्न | लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको मुख्य हात रहेको छः सचेतक निर्मला क्षेत्री


अर्घाखाँचीडट्कम संवाददाता 

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको देउरालीमा नेपाली कांग्रेसको श्रद्वाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।    


 वाङ्लाको देउरालीमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले गठबन्धन सरकारले अब विकास निर्माणलाई तिब्रगतिका साथ अगाडि बढाउने बताउनुभयो । 

जब-जब मुलुकमा संकट उत्पन्न हुन्छ,तब कांग्रेसको नेतृत्व विना देशले निकास नपाउने ठकुवा गदै लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको नेतृत्व विना सम्भव नरहेको अहिलेको अवस्थाले प्रमाणित गरेको क्षेत्रीले बताउनुभयो ।

यस्तै श्रद्वाञ्जली सभामा बोल्दै सचेतक  क्षेत्रीले स्व.ठगिश्वरा भण्डारीको यही मंसिर १ गतेका दिन ७२ वर्षको उमेरमा भएको दुखत निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभएको छ ।

साथै स्व.भण्डारीले पार्टीलाई देखाएको मार्गदर्शनमा आफुहरु लाग्ने बताउदै शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन भनी समवेदना प्रकट गर्नुभएको हो ।

कांग्रेस सन्धिखर्क नगरपालिकाका पुर्व सभापति विनोद आचार्य लगायतको सहभागिता रहेको कार्यक्रममा वडा नम्बर ४ का कांग्रेस सभापति मुक्तिराम भण्डारीको अध्यक्षता र उपसभापति धुब्रराज भुसालको संचालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु