निजामती कर्मचारी युनियनले मुख्य सचिव मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझायो

निजामती कर्मचारी युनियनले मुख्य सचिव मार्फत प्रधानमन्त्री देउवालाई  ज्ञापन पत्र बुझायो

सुर्य भुसाल 

काठमाडौं ।  नेपाल निजामती कर्मचारी युनियनले नेपाल सरकारका मुख्य सचिव मार्फत प्रधानमन्त्री  शेर बहादुर देउवालाई संघीय निजामती सेवा ऐनमा समावेश गर्नु पर्ने विषयमा ज्ञापन पत्र बुझाएका छन् । 

युनियन अध्यक्ष गोपाल प्रसाद पोखरेलको नेतृत्वमा गएको युनियन पदाधिकारीको टिमले मुख्य सचिवसँग कर्मचारी युनियनले विगतदेखि उठाएका माग समावेश गरी छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउन अनुरोध गरेको युनियन सचिव प्रकाश भट्टराईले जनाए ।

 संयोजनबाट मर्कामा परेका कर्मचारीलाई एकपटक पुन स्वेच्छिक रुपमा आफूले रोजेको तहमा जाने व्यवस्था मिलाउन, राजपत्र अनंकित कर्मचारीहरुले उठाएका माग सम्बोधन गर्दै सबै तह एवं सेवा,समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउन लगायत ऐन जारी गर्ने प्रक्रियामा ट्रेड युनियन हरु लगायत सरोकार वाला पक्षसङ्ग छलफल गरेर मात्र अगाडि बढ्न समेत माग राखेको छ।

अन्य समाचारहरु