नुवाकोटको सलिन्धारामा ५ वर्षिया बालिकालाई बलात्कार गर्ने नेपालीलाई ५ दिन म्याद थप

नुवाकोटको सलिन्धारामा ५ वर्षिया बालिकालाई बलात्कार गर्ने नेपालीलाई ५ दिन म्याद थप

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको सलिन्धारामा ५ वर्षिया बालिका जबरजस्ती करणी गरेको आरोपमा प्रकाउ परेका रेम बहादुर नेपालीलाई प्रहरीले  ५ दिन म्याद थप गरी अनुसन्धानलाई अगाडी बढाएको छ । 


नुवाकोटको सलिन्धारामा ५ वर्षिया बालिका जबरजस्ती करणी गरेको आरोपमा प्रकाउ परेका ५९ वर्षिय रेम बहादुर नेपालीलाई प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धानलाई अगाडी बढाएको हो । 

नेपालीले बैशाख १ गते बिहिवार दिउँसो १:४५ बजेको समयमा मेवा खान बोलाएर छिमेकी ५ वर्षिया बालिकालाई आफ्नो घरको दोस्रो तलाको कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।  

जाहेरीपछि नेपालीलाई ईलाका प्रहरी कार्यालय खिल्जीले निज पुरुष प्रकाउ गरेको थियो । बालिकाको स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएको छ ।

उता जिल्लामा पछिल्लो समय आफन्तबाट बालिकाहरु बलात्कृत भएका घटना बढेको प्रहरीको भनाई छ । 

अन्य समाचारहरु