भारतबाट सन्धिखर्क आएका किमडाँडा,अर्घा, वाङ्लाका ९ जनालाई स्थानिय क्वारेन्टाइनमा पठाईयो

भारतबाट सन्धिखर्क आएका किमडाँडा,अर्घा, वाङ्लाका ९ जनालाई स्थानिय क्वारेन्टाइनमा पठाईयो

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ५ वाङ्लाका १ जना, वार्ड नं  ८  किमडाँडाका १ जना, र वार्ड नं ९ अर्घा २ जना र वार्ड नं १० अर्घा धरमपानीका १ जना गरी ९ जना भारतबाट आएकालाई स्थानिय वार्डको क्वारेन्टाइनमा व्यवस्थापना गरिएको छ ।


नगर उपप्रमुख ठाकुर कुमार वि.कको पहलमा भारतका विभिन्न ठाउँवाट सन्धिखर्क भित्रिएकाहरुलाई गाडीकाे व्यवस्थापन गरि  सम्बन्धित वार्डका क्वारेन्टाइनमा पठाईएको थियो ।

यस्तै आजै बिहान सन्धिखर्क नगरपालिका वार्ड नं ५ वाङ्लाका ८ जना र ९ अर्घाका २ जना गरी ११ जना भारतबाट आएकालाई स्थानिय वार्डको क्वारेन्टाइनमा व्यवस्थापना गरिएको थियो ।   

उनिहरु उनिहरु  पत्थरकोट हुँदै पैदल आएका थिए । 


अन्य समाचारहरु