ढाकावाङको राजिमेकी एक किशोरी बँदेलको आक्रमणमा परि घाइते

 ढाकावाङको राजिमेकी एक किशोरी बँदेलको आक्रमणमा परि घाइते


माधव खनाल 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर  १ ढाकावाङको राजिमेकी एक किशोरी बँदेलको आक्रमणमा परि घाइते भएकी छिन् ।


ढाकावाङको राजिमेका रमेश नेपालीकी १८ वर्षकी छोरी करिस्मा नेपाली बँदेलको आक्रमणमा परि घाइते भएकी हुन् ।    

आज मंगलवार बिहान स्थानीय धैरेनी वनमा साथीहरुसँग दाउरा काट्न गएकी ती किशोरी माथी बिहान ७:३० बजे एक्कासी बँदेलले आक्रमण गरि घाइते गराएको थियो । 

घाइते किशोरीको मल्लरानी गाउँपालिका वार्ड न ३ मा चुजाठाटीमा प्राथमिक उपचारपछि थप उपचारको लागि बिजुवार रिफर गरिएको उनकी आमा उर्मिला नेपालीले अर्घाखाँचीडट्कमसँग बताइन् । घाइते नेपालीको ढाड र साप्रोमा गम्भीर चोट लागेको छ ।


स्थानीय दिपक नेपालीका अनुसार बिगत केहिदिन देखि बनमा दाउरा खुलाइएको थियो ।  त्यही दाउरा काट्न जादा यस्तो घट्ना घटेको अर्घाखाँचीडट्कमलाई बताए ।

यस्तै भुमिकास्थान नगरपालिका वार्ड्न १ कि वार्ड सदस्य चमकला नेपालीले बँदेल नियन्त्रण गर्नको लागि आफुले ढाकावाङ्ग प्रहरी चौकीलाई तत्काल निवेदन दिईने बताइन् ।

बिगत केही वर्षदेखि अर्घाखाँचीमाबँदेलको बिगबिगी बढेको र कहिले खेतबारीमा लगाएको अन्नबाली नस्ट कहिले मानिस माथिको आक्रमणले यहाँका जनता पीडित छन् ।

अन्य समाचारहरु