दुर्गाफाँटमा एमाले पाणिनी गाँउकमिटीको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न (भिडिओ, तस्बिरहरु)

दुर्गाफाँटमा एमाले पाणिनी गाँउकमिटीको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न (भिडिओ, तस्बिरहरु)

डिआरजी सुमन

दुर्गाफाँट, अर्घाखाँची वुधवार २५ फागुन २०७८ । नेपाल कम्युनिस्ट पार्टी एमाले पाणिनी गाँउपालिकाको आयोजनामा पाणिनी गाँउपालिका वडा नं ५ वाँसका रुखमा सम्पन्न प्रशिक्षण कार्यक्रममा पार्टीको विधान कार्यदिशाको वारेमा प्रशिक्षित गर्ने र पार्टी कार्यकर्ता लाई जनताको विचमानेकपा एमाले पार्टी को निती तथा कार्यक्रम वारे प्रस्टसंग वुझाउन सक्ने क्षमता को विकास गराउने मुख्य उद्देश्य रहेको पाणिनि गाँउकमिटी सचिव गुनाखर अधिकारीले वताउनु भएको छ ।


पाणिनि गाँउ कमिटी अध्यक्ष कमल घिमिरेको अध्यक्षता, टोप वहादुर रायमाझीको प्रमुख आथित्यता रहेको कार्यक्रममा नेकपा एमालेकेन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्र खड्का उज्जवल, केन्द्रीय सदस्य चेत नारायण आचार्य प्रदेश कमिटी सदस्य राम्जीप्रसाद घिमिरेको विशिष्ट आथित्यता रहेको कार्यक्रमको संचालन नेकपा एमाले पाणिनि गाँउ कमिटी सचिव गुनाखर अधिकारीले गर्नुभएको थियो।


पाणिनी गाँउ कमिटी को प्रशिक्षण कार्यक्रममा ४०० अगुवाई कार्यकर्ताको उपस्थिति रहेको जिल्ला कमिटी सदस्य झविनसुनामले वताउनु भएको छ ।-तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु