फेरिएको मेरो गाउँ तर रोकिएन् बसाइँ सराई

फेरिएको मेरो गाउँ तर रोकिएन् बसाइँ सराई


केशब खड्का 

पहिले पधेरामा पानी लिन डोको नाम्लो लियर उकाली ओराली गर्दै जानु पर्थ्यो, त्यही पधेरोमा छरछिमेकी बिच पानी वा अन्य बिषयमा झैझगडा हुन्थियो । एकले अर्को कुरा गर्ने संगम स्थल जस्तो थियो पानी पधेरो तर आज पधेरोको नाम निसान छैन् । केबल इतिहास मात्र भएको छ । 


पधेरामा अहिले घना जङल छ बाघ, बधेल , बादर आदिको निवास स्थान छ अहिले ।  दिउसोमा नै बाघको आवतजावत हुन्छ । पहिले गोठ भरि भैंसी, गाई गोरु अनि खोर भरि बाख्रा, भेडा, खसी बोका हुन्थे । अहिले गोठ रितिएको छ साथै खोर त लोप उन्न्मुख छ ।  पहिले बन मासेर अति अतिक्रमन गर्थे अहिले वनमा कोहि जादैन्न बाघ लगायत अन्य जङली जनावरको अधिनमा छ  अहिले वन । 
हाल आएर वनको सम्रछ्न त्यहि बाघ लगायत अन्य जङली जनावरले गरेका  छन् ।  किनकी मानिस वनमा जान सक्दैन किनकी उनिहरु जङलि जनावरदेखि सुरक्षित छैन्न । खेत योग्य जमिन अहिले पुरा बाझो छ ।  वनमा सल्ला निकै फस्तायको छ तर सल्लोको रुख प्राकृतिकको लागि अति घातक छ । जसले पानीको मुल सुकाउने साथै जमिनमा कुनै रुख उमृन नदिने गर्छ । सल्लोको रुखले जमिनलाई सुख्खा ग्रस्त पार्छ यो प्रजाति सल्लो उन्मुलन गर्नु जरुरी छ नयाँ प्रजातिको सल्लो वा अन्य रुख बिरुवा रोप्नु पर्छ । 

अहिले एक घर एक धारा जुन स्थानिय निर्वाचक -२०७४ पछि हुँदैछ केहि स्थानमा त भैसकेको छ ।  हरेक सरकारी स्कुलमा अङ्रेजी माध्यमदेखि अध्ययन भैरहेको छ ।  स्तरीय स्वास्स्थ्य सस्था छन् । गाउँ गाउँ टोल टोलमा सहकारी खुलेका छन् । पैसा सर सापटीको लागि महङो ब्याजमा लिनु पर्ने बाध्यता छैन् । सहकारीले निकै सजिलो सुलब बनायको छ ।  घर घरमा गाडीको मार्ग बनेको छ ।  भरियाले बोक्नु पर्ने बाध्यता मुक्त भएको छ ।  सन्चारले निकै गति लिएको छ ।  हात हातमा मोबाइल छन्, अनि इन्टरनेटको लाइन पनि गाउँ गाउँमा टोल टोलमा पुगेको छ । ढीकी, झातो लोप भयर भैसकेका छन् ।  हरेकका घर घरमा कुटानी पिसानीका मेसिनहरु घर घरमा छन् ।  सदरमुकाम आवतजावत गर्न हिड् न कसैलाई पर्दैन । घरको आगनीमा ट्याक्सीमा आवतजावत गर्छ्न । गाउँमा आज आधा घरमा ताल्चा लगायका छन् ।  युबा बिदेश गैसकेपछि गाउँमा कोही बस्दैन्न । अधिकास ४५ वर्ष पार गरेका पुरुष मात्रा गाउँमा छन् । जन्त मलामीमा कम सहभागी हुन्छ्न किनकी युबा भरि बिदेश तिर छन् ।  

केहि वर्ष अघि दोजरले खन्नियका सडक मार्ग अब बिस्तारै नाली सहित कालो पत्रमा परिणत हुँदै छन् ।  जङल,  खरबारीको घास नकाटेर  सुख्या याम डढेलो फैलिदा बस्तिहरुमा जोखिममा परेका छन् ।  आज बिकासले अत्यधिक गति लिएको छ तर त्यही मात्रा बसाइँ सराइले पनि गति लिएको छ । हरेक दिन गाउँ छाडनेको लस्कर छ । आज सबै कुराले सम्पन्न हुँदैछ मेरो गाउँ तर किन रोकिदैन बसाई सराई ??

अन्य समाचारहरु