खाँचीकोटको डिहिडाँडा - सालघारी-भट्टराई टोला बाटो एमालेले बनायो | जनप्रतिनिधीहरुले केही गरेनन् (तस्बिरहरु)

खाँचीकोटको डिहिडाँडा - सालघारी-भट्टराई टोला बाटो एमालेले बनायो | जनप्रतिनिधीहरुले केही गरेनन् (तस्बिरहरु)


केशव घिमिरे 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडा सालघारी,भट्टराई टोला जाने बाटो वार्डले मर्मत निर्माण नगरेपछि नेकपा एमालेले बनाएको छ । 


लामो समयदेखि अस्तव्यस्त खाँचीकोटको डिहिडाँडा सालघारी,भट्टराई टोला जाने बाटो वार्डले मर्मत निर्माण नगरेपछि एमालेको वार्ड कमिटीले बनाएको हो ।


खाँचीकोट वार्ड कमिटी अध्यक्ष चुरा बहादुर के.सीको पहलमा नेकपा एमाले वार्ड कमिटीले जेसिबी लगाएर बाटो बनाएको छ। 


यस्तै खाँचीकोटमा बाटो, खानेपानी, शिक्षामा वार्डले चासो नदिएको स्थानियले गुनासो गरेका छन्।

अन्य समाचारहरु