रिसाए मेरा साथी l चुक्लीका सिंढी चढ्नेहरू l हठै हठ जोतेपछि (कविता )

रिसाए मेरा साथी l चुक्लीका सिंढी चढ्नेहरू l हठै हठ जोतेपछि (कविता )

मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा वरिष्ठ साहित्यकार विष्णु घर्ती “भनभनेली” का कविताहरु यस प्रकारका छन्  

रिसाए मेरा साथी

विष्णु घर्ती ‘भनभनेली’ –

चौबाटोमा कुरा चाटुकर, चाखने मेरा साथी
दोबाटोमा कुरा दौतरीका, दाजने डेरा माथी
अबाटोमा कुरा अकालका, आट्ने हेर छाती
बन्बाटोमा कुरा बिराएका, बटार्ने सेर ताती

आजभोलि लाग्छ यस्तै, कोही हुन् कि दोस्ती
हुन् हिडेका गरी सुस्तै, भन्ने आफु ढिलासुस्ती
कति लाएका कस्तै, खै के? खाएका दिन राती
फरक के छ उस्तै, भए पैसा गर्ने मोज मस्ती

यस्तो चाहियो कागज भन्दा, फोनहरू यताउती
भन्छन्पैसा खोज्ने,मानौं भन्दा, नियम र नीति
लाग्छ है एकै छिन भन्दा, राख्ने जरुरीलाई थाती
फुलपाती सदाचारलाई दिदा, गोल गर्ने आत्मघाती

खोज्दै साथी जानेहरू माथी, मनाए हुन् कि जाती
कोकोहोलो मच्चाउँदै कति, बिताए हुन् सयौं राती
जान्ने सुन्ने मै हुँ सबैतिर, बताए होलान् नानाभाती
भर्ने यता छन् नि, तर्ने उता, रिसाए प्रियमेरा साथी

चुक्लीका सिंढी चढ्नेहरू


गए जमाना मिलीजुली प्रोसेसमा काम गर्ने
आए जमाना उनहिरूकै प्रेसरमा सेवा दिने
रुढीवादी पदवी पाइने पद्धतिमा कार्य गर्दा
सर्वत्र अग्रगामी ठहरिने उनकै पहुँचमा पर्दा

नेता हुने कर्मचारी, कर्मचारी बन्दै जाने नेता
सहजै हुने काम कारवाही, भन्ने यता उता
प्रक्रिया बुझ्नु छैन कुनै, मान्नै पर्ने उनकै
फलामे च्यूरा खादै, दिनै पर्ने सगुन सुनकै

ढङ्ग छैन सीप छैन, कुरा उनकै ठूला ठूला
भएको इज्जत, इमान बेच्नै पर्नै खुलम् खुला
गर्ने हुन् के के हो के के ? सुधारका खात
संकेत हो विहानीको लम्काएका लामा हात

चुनौतिहरूका चुरीफुरी कति हुन् चम्केका?
चुरो कुरो उनैका धुरीमा, कति हुन् लम्केका?
भुल्दै मूख्य कुरा चुस्कीसँगै चुपचाप साट्नेहरू
चुलिदै कहाँ पुगे?चुक्लीका ति सिंढी चढ्नेहरू

हठै हठ जोतेपछि

हो–हल्लामा हल्लिएकालाई भन्न मन ला’छ हजुर
हो मा हो गर्दै हेलिएकालाई गन्न मन ला’छ हजुर
माथीबाटै हो माझ्दै जाने विचार, बानी र संस्कार
हप्काई दप्काईको हाँक देख्दा टन्न मन भा’छ हजुर

आफै हल्लिएका भन्दा अरुले हल्लाएका पाएँ हजुर
होलीमा हौसिएर मै पनि हलचल गरेको पाएँ हजुर
सोँचेकै हो उड्ने कुसंस्कार, भइकन घु¥यान र घुर
हरेक रङ्गहरूको चोलीमा होस गुमाएको पाएँ हजुर

हटाउने र खटाउने सत्कार्य खोज्ने हुल देखेँ हजुर
हाम्रो चिन्ता हैन आफ्नै पीर गर्ने कुल हेरेँ हजुर
जान्ने सुन्ने म नै हुँ भन्दै जे पनि गर्ने, भई बेसूर
हिफाजत छैन कतै, हतारै गर्ने मूल भोगेँ हजुर

जोत्नेहरू नै हल्लिएपछि के पो लाग्ने रैछ र हजुर
हल्लाउनै नसकेपछि जस्को जे पनि चल्दो रैछ हजुर
बलिया ती हलै गोरु सुन्दर त्यो भकारोमा थन्काएर
हठैहठ जोतेपछि जस्ताको पनि मन जल्ने रैछ हजुर

(चालिस चक्र–२०७६ बाट)

“भनभनेली” उपनामको रहस्य —

भनभनेली शब्द एउटा विशेषण हो । जस्तो गुल्मीबासीलाई गुल्मेली, पाल्पाबासीलाई पाल्पाली भने झैँ । जो कोहीलाई आफ्नो जन्मस्थलको माया लाग्नु स्वभाविकै हुन्छ । पाल्पा, विश्वविद्यालय पढ्दा ताका साथीहरूसित भेटघाट र चिनापर्ची हुँदा गाउँको ठेगाना “भनभने” भनी बताउँदा साथीहरू अचम्मित हुन्थे । समयक्रममा उनीहरूले विष्णु नभनेर मलाई भनभने भनेर बोलाउँथेँ पनि । अँ , उपनाम राख्ने रहर र समय आउँदोरहेछ । यसैलाई पक्रेर मैले “भनभनेली” लेख्न शुरु गरेको हुँ । विभिन्न लेखाइ-पढाइको सन्दर्भमा आफ्नै गाउँको नामलाई अगाडि बढाउने चाहना भित्रैबाट बढ्दै आएको हुनालेपनि यसो गरिएको हो । भनभनेसँग एकदमै नजिकको, जस्तो नातामा हाडनाताको सम्बन्ध कायम छ भन्न मन लाग्छ ।

बायोडाटा :

नाउँ : विष्णु घर्ती‘भनभनेली’
जन्म गाउँ : मदाने गाउँपालिका –७, भनभने, गैराखर्क, गुल्मी
बस्ने ठाउँ : बुटवल उप म.न.पा. –१३, बेलवास, व्यासपथ, रुपन्देही
माता÷पिता : जीव कुमारी/धन बहादुर घर्ती
जन्म : सन् १९७८ फेब्रुअरी २२/ वि.सं. २०३४ फाल्गुण ११
शिक्षा : स्नातकोत्तर (त्रि.वि)
दिक्षा : निजामती कर्मचारी (शा.अ.)
सम्पर्क :९८५७०६४४४४
E–mail   :    gharti.bg@gmail.com

सिर्जनाहरू
१० ओइलाएको जिन्दगी, २०५९ (गीति कथा)
२० भनभनेलीका तरङ्गहरू, २०६५, (विविध संग्रह)
३० गुल्मी जिल्लामा घर्ती÷भुजेलहरू, २०६७ (जातीय खोज)
४० चालिस चक्र, २०७६ (गद्य कविता)

सम्मान/पुरस्कारहरू
१.(अलि मियाँ लोकवाङ्मय श्रष्टा सम्मान, २०६९
२.(खुला कविता/गजल, द्वितीय, गुल्मी, २०७०
३.(बाणगङ्गा साहित्य साधक सम्मान, २०७४
४.(दधि–स्मिृति विशेष सम्मान, २०७५

विष्णु घर्ती “भनभनेली” एक स्थापित  बरिस्ठ कवि  साहित्यकार हुनुहुन्छ । गुल्मीका बरिस्ठ  कवि विष्णु घर्ती,भनभनेलि  गुल्मी जिल्लाकै स्रष्टाहरू मध्येका एक अहंम् स्रष्टा र सर्जक  हुनुहुन्छ । उहाँका आठ वटा कृति हरु  प्रकाशित भएका छन् । कविताबाहेक गीत, निबन्ध लगायत अनुसन्धानमुलक लेखहरू लेखिरहने उहाँ एक सिद्धहस्त साहित्यकार उहा मालानिमा आएपछि पनि मालारानि बुलेटिन नामक पुस्तक प्रकासित गर्नु भएको छ  । साहित्यकर्म बाहेक पेसाले उहाँ हाल अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका कार्यालयका प्रमुख प्रसाशकीय अधिकृत हुनुहुन्छ उहा निकै अनुभबि कुसल अधिकृत को रुपमा पहिचान बनाउनु भएको छ ।