बाढीको कारण देशका बिभिन्न ठाउहरुमा सडक अबरोध, भौतिक क्षती ।

बाढीको कारण देशका बिभिन्न  ठाउहरुमा सडक अबरोध,  भौतिक क्षती ।

           

अर्घाखाची डट्कम ।  

काठमाडौं, ५ साउन- दार्चुला, अपिहिमाल गाउँपालिका-४ मट खोलामा बुधबार दिउँसो आएको बाढीले सोही ठाउँस्थित मट खोला गाउँ र भट्टाड गाउँ जोड्ने काठे पुल बगाएको छ । हाल आवतजावतमा बाधा पर्न गएको छ । 

नुवाकोट, शिवपुरी गाउँपालिका-७ चापाकोटस्थित अबिरल बर्षाको कारण टोखा छहरे सडक खण्डमा चापाकोट ठाडो खोलामा बुधबार राति आएको बाढीले बा.९६ प ९८९७ नम्बरको मोटरसाइकल बगाएको छ । उक्त खोलाले मोटरसाइकल बगाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले मोटरसाइकल चालक बिदुर नगरपालिका-९ किम्ताङ बस्ने ३५ वर्षीय सुक बहादुर तामाङलाई उद्दार गरी उपचारका लागि काठमाडौंतर्फ पठाएको छ ।

साथै खोलाले सडकमा गेगर बगाई ल्याउँदा सडक अवरोध भएकोले खुलाउने पहल भइरहेको छ । 

बाजुरा, हिमाली गाउँपालिका-५ क्युडीस्थित क्युडी खोलामा बुधबार दिउँसो आएको बाढीले सोही ठाउँ बस्ने अभिमान लुहारको सोही खोला नजिकै रहेको बाख्राको खोर र सोही ठाउँस्थित करिब ८० घर परिवारको धान रोपेको खेत बगाएको  छ । 
घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

बाढीको कारण देशका बिभिन्न  ठाउहरुमा सडक अबरोध,  भौतिक क्षती ।

अन्य समाचारहरु