गोरु कुटेको निहुँमा छिमेकी महिलाको खुर्पा प्रहार गरि हत्या

- कृष्ण आचार्य
 
गोरखा - खोप्लाङ -२ पोखरावेसीका सोमबहादुर गैरे सार्कीले छिमेकी महिला मिना कोइरालालाई खुर्पा प्रहार गरि हत्या गरेका छन् ।

शनिबार साँझ कोइरालाको गोरु गैरेको घरमा गएको निहुँमा हत्या भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार घर नजिकै गएको गोरुलाई कोइरालालो लाठी प्रयोग गरि कुटेका थिए । 'किन गोरु कुटेको भनि महिलाले सोधेको निहुँमा गैरेले रातपरेपछि उनकै घरमा गएर खुर्पा प्रहार गरि हत्या गरे,' कुँवरले भने, 'महिलाको घट्ना स्थलमै मृत्यु भएको हो ।'

३० वर्षीया मिनाको परिवार भाडामा लिएको घर जग्गामा बसोबास गर्दै आएका थिए । बुंकोट गाविस -५ घर भएका उनको परिवार अधिया खेतीकिसानीको काम गर्न अर्को गाविसमा बसोबास गर्दै आएका हुन् । दुई परिवारमा साधसिमानाको बिषयमा पहिलेदेखिनै झगडा हुने गरेको प्रहरीले बताएको छ । हत्या गर्ने गैरे फरार छन् ।

'गोरु कुटेको निहुमा भनाभन भएपछि खुर्पा उदाएर परिवारसँग घाँस काट्न जान्छु भनि कोइरालाको बसेको घरमा गई हत्या गरेका हुन्,' उपरीक्षक कुवँरले भने । उनको शव पोष्टमार्टमका लागि आइतबार बिहान गोरखा अस्पताल ल्याइएको छ ।

अन्य समाचारहरु