पाणिनीको खिदिम दुर्गाफाँटमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते

पाणिनीको  खिदिम दुर्गाफाँटमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते

अर्घाखाँचीडट्कम संवाददाता 

खिदिम, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३  खिदिमको दुर्गाफाँटमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । 

खिदिमको दुर्गाफाँटमा लु २ त ५९६१ नंको ट्याक्टरबाट मंगलवार राती ८ बजे ढुङ्गा अनलोड गर्ने क्रममा ट्याक्टरका हेल्फर पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीका १९ वर्षिय दिन बहादुर कुमाल ढुङ्गाले टाउकोमा लागि घाईते घाईते भएका हुन् । 

घाईते भई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएको अबस्था मध्यम ट्याक्टर चालक र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट थप अनुसन्धान भई रहेको बताइएको छ । 

अन्य समाचारहरु