पार्टी फुट्को पीडा कार्यकर्ता माथि

पार्टी फुट्को पीडा कार्यकर्ता माथि

कमल खड्का 

म कसरी छुट्टिन सक्छु र? स्वार्थ को पछि लाग्ने लाई पार्टि  बिग्रह ले ठिक नै गरेको होला तर निस्वार्थ भावनाले तोतेबोलि देखि नै "ते क पा तेमाले" भनेका हामी जस्तालाइ पक्कै पनि पीडा हुँदो रहेछ।

मलाई स्मरण छ २०५७ सालदेखी नै बाँगिको सांस्कृतिक टिमको जिम्मा लिएको हुं। माओबादिको द्वन्द्वकालमा माओवादीकै क्षेत्रमा गएर चेतना मुलक सन्देश प्रबाह गरेको, प्रतिगमन को बेला जिल्लामै राजाको विरुद्ध गीत सङ्गीत घन्काएको अझै पनि मेरो मानस्पटला ताजै छ।

तिहारको देउसी भैलोमा गीत गाउँदा गलो बस्दा राम ब. चौहान  ले "कमल जी यो कागती पानी खानुहोस त" भनेको अनि पितम्बर भुसाल ले " घाँटी बचाउनु ५ दिन ५ रात हो" भनेको त्यस्तै नरेन्द्र कुमार क्षेत्री  सरले "राम्रो छ यसै गरि अघि बढ्नु "भनेको अनि स्व. पोम बहादुर कुवरले ब्यब्स्थापन गरेको ताजै छ मनमा। 

झनै सयखोला अनि आरुखोर पारी सल्यार मुनि को पौवामा जनबादि गितहरुमा भाइ बैनिहरुलाइ नाच्न गाउन सिकाउदै संगठित गरेको कसरी बिर्सन सक्छु र पो म?

 म काठमाडौं मा रहदा गोपाल खनाल  ले अर्घाखाँची काठमाडौं सम्पर्क मन्च को नेतृत्व गर्दा १४ अञ्चल बिच भएको सांस्कृतिक प्रतिस्पर्धामा मेरै स्वर अनि रचनामा रहेको गित ले अर्घाखाँची लाई प्रथम बनाएको अझै ताजै छ मनमा। क्याम्पस पढ्दा मोहन गौतम दाजु बाट पाएको माया अनि सहयोग कसरी पो बिर्सु म? 

म उपत्यका सांस्कृतिक कमिटिको उपाध्यक्षमा रहदा 
 "बेसहारा बा आमाले पाए वृद्ध भत्ता 
आएपछि एमालेको नौ महिने सत्ता।
समाबेशि राजनिती कहाँ थियो पहिला
गाबिसमा एमाले ले ल्यायो दलित महिला।
भन्छन् सधै बाबा र आमाले 

प्यारो पाटी नेकपा एमाले।" भन्ने गित रचना गरि मधु गुरुङ दिदी र मैले गायौ जुन २०७० सालको दोस्रो संविधान सभा को चुनावमा एमाले ले पहिलो रोजाइना राखी चुनाव प्रचार को पहिलो माध्यम नै बनायो। जुन ले मलाई पनि चिनायो। 

के पि ओलि वा माधब नेपाल ले कमल खड्का भनेर नचिने पनि म यो गितको रचनाकार र गायक भनेपछि चिन्ने आधार बनाएको थिएं मैले।

२०७४ सालमा चट्टानी अडान लिने केपि ओलि र मास्लाइ बुरुक बुरुक उचाल्ने क्षमता भएका प्रचण्ड बिचको पाटि एकीकरण हुँदा अब देश छिट्टै आर्थिक समृद्धि तिर जानेछ भन्ने लागेको थियो अनि त्यसैकालागि फेरि चुनावी गित बनाएं ।


"अखण्डता, स्वाधीनता अनि स्वाभिमानको
बामपंथी ले मात्र गर्छ रक्षा संबिधानको।
पुनर्निर्माण ,पर्यटन र विद्युत उत्पादन
रेल अनि पानीजहाज यातायातका साधन।
नेपालमा बामपंथी को स्थिर सरकार आए।

झनै माथी उठ्ने थियो प्रतिब्याकति आय।" गितले भने अनुसार  काम पनि हुदै थियो तर एक्कासि भए "कोहि पश्चिम कोहि पुर्ब - दुई धुर्ब" ।

 सान थियो मलाइ वृद्धहरुलाइ वृद्ध भत्ता दिने पाटिको कार्यकर्ता हुं भन्न। सान थियो मलाई भारतीय नाकाबन्दी सङ नझुक्ने नेताको कार्यकर्ता हुं भन्न। अनि सान थियो मलाइ गणतन्त्रको लागि १० वर्ष जन्युद्द लडेको पाटिको कार्यकर्ता हुं भन्न। सान थियो मलाइ  शुभास,भिम, गोकर्ण ,प्रदीप , जनार्दन , टोपबहादुर , योगेस, घनश्याम, संकर सबै अटेको पाटिको कार्यकर्ता हुं भन्न। 

तर अब म यी सबै लाई पाउंदिन एकै ठाउँ खोजेर। 

एउटा हातमा राम बहादुर चौहान र अर्को हातमा पिताम्बर भुसाल ले ताते ताते गराएर डोर्‍याइ रहेका थिय मलाइ। कि अब पनि यी दुबैले  एउटै बाटोमा डोर्‍याउलान मलाई ? अझै मैले देखेको नेताहरू मध्ये महान , अनुकरण गर्न योग्य नेता दल ब. भट्टराई  लाई पनि मैले रोजेकै बाटोमा भेटुला त?  हैन मैले कुन पक्ष रोजेर? ए रोजेको छैन अझै। मैले त शिङो नेकपा पो रोजेको।टुक्रे नेकपा होईन ताकी सबै महान ब्यक्तिहरुलाइ एकै ठाउँ भेटु।


म कसै बाट पनि छुट्टिन चाहान्न। त्यसैले मैले टुक्रे पाटी नभै सिङ्गो पाटी खोजेको छु। गल्ती सबैका हुन्छन् बिगतलाइ बिर्सेर फेरि अब केही दिन पछि पार्टी एकिकणको लागि बार्ता चल्ने समचार आउनेछ र फेरि सिङो नेकपा मा हाम्रो भेट हुनेछ।

अन्य समाचारहरु