सन्धिखर्कमा बालअधिकार संरक्षण विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न, ग्रीन ईङ्गलिस बोर्डिङ्ग प्रथम

सन्धिखर्कमा  बालअधिकार संरक्षण विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न, ग्रीन ईङ्गलिस बोर्डिङ्ग  प्रथम


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा "बालअधिकार संरक्षणमा सरोकारवालाको भुमिका" विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 


अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा शनिवार सन्धिखर्क नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित "बालअधिकार संरक्षणमा सरोकारवालाको भुमिका" विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 


प्रतियोगितामा क्रमश प्रथम सम्झना थापा (सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुल), दित्तीय जेनिसा चौहान (युवाबर्ष जनता मा. बि), तृतीय रोशना आचार्य (अर्घारजस्थल मा. बि), सान्त्वना एन्जीला गैरे (मदरल्याड ई. बो) भएका थिए । 


उक्त प्रतियोगिताको अध्यक्षता सामाजिक बिकास समिति सदस्य शुस्मा श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख ब्यक्तित्व नगर प्रमुख कमल प्रसाद भुसाल, विशेष ब्यक्तित्व नगर उप- प्रमुख ठाकुर कुमार बि. क, शाखा अधिकृत मञ्जु खनाल लगायतले मन्त्तव्य राख्नुभएको थियो।

अन्य समाचारहरु