बिपतमा परेकालाई सहयोग गरी प्रचारमा नआउने सन्धिखर्कका निर्माण ब्यबसायी खगिश्वर बस्याल

बिपतमा परेकालाई सहयोग गरी प्रचारमा नआउने सन्धिखर्कका निर्माण ब्यबसायी खगिश्वर बस्याल

सुर्य भुसाल 

सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्ना निवासी  निर्माण ब्यबसायी खगिश्वर बस्यालले लकडाउनका बेला बिपतमा परेकाहरुलाई ब्यक्तिगत रुपमा सहयोग गर्दै आउनु भएको छ । 

सामाजिक सन्जालमा आउन र सहयोग गरेका कुराहरु सार्वजनिक गर्न नरुचाउने ब्यबसायी बस्याल अर्घाखाँचीका सबै भन्दा पुराना ईटा  ब्यबसायी हुन्  । 

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा स्थायी ठेगाना भएका बस्याल श्री कृष्ण निर्माण सेवाका सन्चालक हुन् । 

गरिव र दुखि पिडित हरुको सेवा गर्नु मानबिय सेवा भएको बताउने बस्यालले धेरै पिडितहरुलाई सहयोग गर्दै आउनु भएको छ । 

ठेक्का पट्टामा समेत राम्रो काम गरि आफ्नो छुट्टै पहिचान बनाएका बस्यालले गुणस्तरीय काम गर्ने गरेका छन् । निकै  सोकिन स्वभावका बस्याल डिभर्नाका सामाजिक अभियानन्ता हुन् । 

अन्य समाचारहरु