सन्जु पौडेल
चिसो बढेपछि रुपन्देहीको बुटवलका विद्यालय दुई दिन बन्द हुने भएका छन् ।
अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले बिहीबार र शुक्रबार विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
वर्षे तथा हिउँदे विदाबाट मिलान गर्ने गरी दुई दिन बिदा दिने निर्णय गरिएकाे उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
'पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारणले गर्दा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयले दिने वर्षे/हिउँदे बिदाबाट मिलान गर्ने गरी पालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरू पुस १५ र १६ गते दुई दिन बिदा गरिएको ब्यहोरा अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ ।