साथीसँग (कविता)

साथीसँग (कविता)

पीताम्बर भट्टराई

नेपाली हुनला छ गर्व मनमा भाषा छ हाम्रै यहां
रम्दैछैां सपना नया छ अहिले निर्बाण हाे देशमा
ढाका टाेपि छ भेष जसकाे टल्कन्छ शिर्मा छ त्याे
बाटाे त्याे बनकाे गरेर हिडदा देखिन्छ धेरै जसाे
गैडा हात्ती बनेल मृग चरने मीठाे छ शब्दै सुनाैं
गङ्गा बेग अहाे रमेर बगने कल्कल्छ आबाज त्याे
नाचेका खुसिले मयुर बनमा रम्ने चरा छन अहाे
नेपाली भुमियाे रहन्छ बिचमा च्यापेर ढुङ्गै बिच
बस्ने त्याे तरुझै रहेछ बिचमा गुम्सेर ढुङ्गै बिच
काखैमा रहने मित्रहरु सगै हाम्राे छ दृढै मन
एकैहाैं मनका मित्र छ जसका संपन्नशाली धन
त्यसैले नगरे घमण्ड धनकाे संबन्ध राम्राे गर
हामीछाैं तनका रहेका मनका बिश्वासदाता नर
तेस्तैहाे भनिता नसाेच सहुंला जालै रझेलै सब
हाम्राे याे पसिना नखाेज छलले चाेरेर गुम्साउने
सांधै याे घरकाे मिचेर बलले चालै छ कुम्लाउने
टल्केका हिमका हिमाल हिमले देखेर लाेभी बन्याै
भुल्दैछाैइतिहांस हेर जसकाे खम्बाछ साक्षि पढाैं
हैकम्ले नडराई आज हिडछाैं अन्याय पन्छाउदै
साेचेछाै निचता बिचार कलु हाै कालाेछ तिम्राे मन
दादाझैअहिले नदेख पहिले चाेरेर खायाै तर
संझाैता हिजका भएनअबता च्यातेर फालाै कर