मसालद्धारा अर्घाखाँचीमा पाँच दलबीच भएको सहमतिलाई स्वागत

मसालद्धारा अर्घाखाँचीमा पाँच दलबीच भएको सहमतिलाई  स्वागत

अर्घाखाँचीडट्कम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चासहित पाँच दलको निर्वाचनमा गठबन्धन गरेर जाने सहमतिलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

प्रवक्ता रामप्रकाश पुरीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी सो निर्णयबाट पहिले पाँच दलीय गठबन्धनमा भएका राजनीतिक शक्तिहरू बीचमा चुनावी तालमेलका लागि तथा प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मसालले एमसीसी विवादका कारण पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो । तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

यस्तो छ वक्तव्य
हाम्रो पार्टी एमसीसी सम्बन्धी विवादका कारणले पाँच दलीय गठबन्धनबाट अलग भएपनि प्रतिगमनको खतरामाथि ध्यान दिँदा सबै तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा तालमेल हुनुपर्दछ भन्ने हाम्रो स्पष्ट मत रहेको छ । हामीले आÇना तर्फबाट त्यसका लागि इमान्दारितापूर्वक प्रयत्न गर्ने छौँ भने अन्य पक्षहरूसित पनि त्यसका लागि ध्यान दिनका लागि अपील गर्दछौँ । त्यसो नभएमा देश प्रतिगमनका साथै अधिनायकवादतिर जाने खतराप्रति पनि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

त्यस सिलसिलामा अर्घाखाँचीमा भएको सहमति र ११ गतेदेखि हुने भनिएको संयुक्त अभियानलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिएको छ । त्यस प्रकारको निर्णयबाट एमालेको नेतृत्वमा देखा परेको प्रतिगमनको खतराका विरुद्ध पहिले पाँच दलीय गठबन्धनमा भएका राजनीतिक शक्तिहरू बीचमा चुनावी तालमेलका लागि तथा प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न सकारात्मक योगदान पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ ।

अर्घाखाँचीमा भएको सहमति र संयुक्त अभियानको कार्यक्रमले प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न मदत पु¥याए पनि त्यस प्रकारको प्रयत्नलाई अरू ठोस रूप दिनुपर्ने आवश्यकता छ । स्थानीय चुनावमा सिटहरूको विभाजनमा सहमति बन्न सकेमा नै अहिलेको प्रयत्नको सार्थक परिणाम निस्कने छ । त्यसैले पारस्परिक सहमति र समझदारीका आधारमा स्थानीय तहका सिटहरूको सन्तुलित प्रकारले विभाजन हुन सकेमा नै अहिले देखा परेको सहमति सुदृढ हुन सक्ने छ र प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने छ ।

त्यसकारण हामीले स्थानीय तहका सिटहरूको विभाजनमा पनि सन्तुलित प्रकारको दृष्टिकोण अपनाउन सम्बन्धित सबै पक्षहरूसित अनुरोध गर्दछौैँ ।

अन्य समाचारहरु