ठुलापोखरामा मकै पिस्ने मिलको फलाममा चिसो हातले छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु

ठुलापोखरामा मकै पिस्ने  मिलको फलाममा चिसो हातले छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु


२०७८ श्रावण ११, सोमवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता 

ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

ठुलापोखराकी ४८ बर्षीया कमला रानाको सोमबार करेन्ट लागेर मृत्यु भएको हो । 

कमलाले आफ्नै घरको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भिर घाइते उनको जिल्ला अस्पताल अर्घाखाँचीमा लैजाने क्रममा निधन भएको थियो ।

कमलाको शव जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरि परिवारलाई बुझाइएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु