कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले देउवा क्याम्प छोडर सभापति सुशील कोइराला क्याम्पमा प्रवेश

काठमाडौं - कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले देउवा क्याम्प छोडर सभापति सुशील कोइराला क्याम्पमा प्रवेश गरेका छन्। देउवाले शुक्रबार र शनीबार बोलाएको भेला निमन्त्रण गर्दा रिजालले आफुले क्याम्प छोडेको बताउदै आउन नसक्ने प्रतिक्रिया दिएको देउवा पक्षिय एक नेताले बताए।
 
रिजाल पछिल्लो समय महामन्त्री कृष्णप्रसाद सिटौलासँग निकट भएका छन्। यसअघि देउवा क्यापबाटै उनले सभासद्, केन्द्रीय सदस्य र लडाकु समायोजन विषेश समितिको सदस्यको जिम्मेवारी पाएका थिए। उनी माधव नेपाल नेतृत्वको सरकारमा देउवा क्याम्पबाटै मन्त्री समेतभएका थिए। - नागरिक

अन्य समाचारहरु