अर्घाखाँचीमा ६ महिनाको अवधिमा ४१ वटा घटना

अर्घाखाँचीमा ६ महिनाको अवधिमा ४१ वटा घटना

श्याम घिमिरे

असार १० अर्घाखाँची- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ । 

कार्यक्रममा इन्सेक अर्घाखाँची प्रतिनिधि कुलबहादुर नेपालीले ६ महिनाको अवधिमा जिल्लामा सङ्कलित घटनाहरू प्रस्तुत गर्नु भएको थियो । नेपालीले ६ महिनाको अवधिमा अर्घाखाँचीमा बाल यौन दुर्व्यहारका १ , जबरजस्ती करणीका (बलात्कार) ३ , बहुबिबाहका २, कुटपिटको १, घरेलु हिंसाका २९ ,महिला हिंसाका २,यौन दुव्र्यबहार (बलात्कारको प्रयास) १, बालयौन दुव्र्यबहार १,अभद्र तथा दुव्र्यबहार गर्न नहुने २ वटा गरी ४१ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शसीधर घिमिरेले कानुन एकातिर हिडेको भएपनि समाज अर्केतिर हिडेको भन्दै कानुनको सबैले आत्मसाथगरी पालनागर्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ती स्थापनागर्न सबैले हालेमालो गरी अगाडी बढ्नुपर्ने बताउदै घिमिरेले छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीमा गलत र तथ्यहिन समाचार प्रकाशन/प्रसारण नगर्नसन्चारमर्कीलाई आग्रह समेत गर्नुभयो ।

अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले कानुनको बुझाई कम भएको भन्दै सबैलाई सम्बेदनशिल बन्न आग्रह गर्नुभयो । खनालले जसले ठगी गरेको छ त्यसैले संरक्षण पाउनु गलत भएको भन्दै सबैले निति नियम र कानुनको पालना गर्नु पर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले लुकेका घटनाहरूलाई बाहिर ल्याउन सरोकारवाला निकायले सहयोग गर्न आग्रह गर्नुभयो । पौडेलले मानव अधिकारको बिषय प्राथमिकताको बिषय भएको पनि बताउनु भयो ।

सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला न्यायधिबक्ता श्याम सुन्दर चौधरी लगायतले मनतब्य राख्दै इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक एउटा ईतिहास भएको र जसका कारण सरकारी गैरसरकारी निकायहरूको नजरमा विश्वनीय रहेको बताउदै यसको निरन्तरताको लागि शुभ कामना दिनु भएको थियो ।

अन्य समाचारहरु