अर्घाखाँचीमा अन्तत: ५ दलिय गठबन्धन सहमतिमा पुगे, केही बेरमा पालिका र वार्डको सहमती सार्वजनिक गर्दै

अर्घाखाँचीमा अन्तत: ५ दलिय गठबन्धन सहमतिमा पुगे, केही बेरमा पालिका र वार्डको सहमती सार्वजनिक गर्दै

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धन दलहरु उम्मेद्वारको मनोनयन दर्ता गर्न १ दिन बाँकी हुँदा पनि स्थानिय तहको भागबन्डामा सहमती भएको छ ।  


जिल्लामा ५ दलिय गठबन्धन दलहरु उम्मेद्वारको मनोनयन दर्ता गर्न १ दिन बाँकी हुँदा पनि स्थानिय तहको भागबन्डामा आज सहमती भएको हो । ६ पालिका र वार्डमा भएको सहमतीको केही बेरमा घोषणा गर्ने तयारी गरेका छन् ।     
 
नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले अहिले सहमतीलाई अन्तिम रुप दिएका छन् ।  

 गठबन्धनमा कांग्रेसलाई चार तथा राष्ट्रिय जनर्मार्चा र माओवादीलाई एक - एक पालिका दिने मोटामोटी सहमति भए पनि सम्पूर्ण विवरण अझै बाहिर आएको छैन् । 
लामो समयदेखि जारी बैठकमा  गठबन्धन दलहरु पालिका र वार्डको भागबन्डाको सहमतीमा पुगेका छन् । 

उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन बैशाख ११ र १२ गते रहेको र भोली गठबन्धन दलहरुले सहमती अनुसार आफ्ना उम्मेद्वारको मनोनयन दर्ता गर्ने छन् ।            

निरन्तर जारी बैठकमा गठबन्धन दलका प्रमुखहरु कांग्रेस सभापति केसब श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दक खड्का सहभागी छन् ।
    
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।

गत निर्वाचनमा ६ वटा स्थानीय तहमध्ये चार वटामा नेपाली कांग्रस तथा माओवादी केन्द्र र नेकपा (एमाले)ले एक/एक स्थानको प्रमुखमा जितेका थिए । स्थानीय तहको निर्वाचनका लागि यो पटक जिल्लामा १६ वटा दलको सहभागिता जनाउँदै छन् ।

यता, जिल्लामा गठबन्धन उम्मेदवारको विषयमा अलमल रहँदा नेकपा (एमाले)ले तीन वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । तीन पालिकामा भने आकांक्षी धेरै भएकाले सिफारिस गरिएको छ । 

अन्य समाचारहरु