सागर मरासिनी / अर्घाखाची डट्कम ।
नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ अर्घाखाँचीको पदाधिकारी बैठक आज मदन आश्रीत स्मृति भवनमा सम्पन्न भएको छ ।
नेपाल खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेतको अध्यक्षतामा बसेको बैठकले आगामी श्रावण २१ गते महासंघको जिल्ला पुर्ण बैठक गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल , नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य बिष्णु परियार , महासंघ प्रदेश सह-सचिव ऋषिकेश भट्टराईको समेत उपस्थिति रहेको थियो ।
बैठक नेपाल खेलकुद महासंघ अर्घाखाँचीका सचिव सागर मरासिनीको संचालनमा सम्पन्न भएको हो ।