ढाकावाङको बिसारेखोलामा आएको बाढीले बगाउदा एक जना बालिका बेपत्ता | पर्ता खोलामा २ घर नस्ट

ढाकावाङको  बिसारेखोलामा आएको बाढीले बगाउदा एक जना बालिका बेपत्ता | पर्ता खोलामा २ घर नस्ट

अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ६ ढाकावाङको आमाडाँडाको बिसारेखोलामा आएको बाढीले बगाउदा एक जना बालिका बेपत्ता भएकी छिन् । 

खिल्जीको आमाडाँडाको बिसारेखोलामा आज शुक्रवार आएको बाढीले बगाउदा प्युठान जिल्ला मल्लरानी गाउपालिका वार्ड न २ मुक्तिनाथ गाउका बुद्दी बहादुर घर्तिकी अन्दाजी १० बर्षिय छोरी बेपत्ता भएकी हुन् । 

यस्तै भुमिकास्थान नगरपालिका १ ढाकावाङको पर्ता खोलामा आएको बाढीले लेख बहादुर घर्ती र लक्षमण घर्तिको घर पुर्ण रुपमा नस्ट भएको छ ।  

अन्य समाचारहरु