कोरोना नियन्त्रणमा उल्लेखनीय कार्य गर्दै पाणिनी पर्यटन समाज अर्घाखाँची

कोरोना नियन्त्रणमा उल्लेखनीय कार्य गर्दै पाणिनी पर्यटन समाज अर्घाखाँची

डिआरजी सुमन 

पाणिनी, अर्घाखाँची डटकम् व्युरो रिपोर्ट ।  पर्यटन समाज अर्घाखाँची ले कोरोना नियन्त्रण को लागीउच्च जोखिम मोल्दै पाणिनीको रक्षात्मक कार्यमा जुटेको छ । नेपालमा लकडाउन सुरु भएकोदिनदेखी नै पाणिनी गाँउपालिका सिमा क्षेत्र, वजार क्षेत्र लगायतका स्थानमा हुन सक्ने संभावितसमस्या नियन्त्रण को लागी अत्यावश्यक गतिविधि लाई उच्चतम सतर्कताका साथ निगरानीमा राखेकोछ ।


पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनामको नेतृत्वमा परिचालित रेस्क्यु टोलीमासमाजसेवी,स्वास्थ्य कर्मी पत्रकार,उद्यमी पनि सहभागी भई पाणिनी गाँउ पालिका स्थित सवै क्षेत्रमाभैपरिआउने समस्या समाधानमा लागेको छ । यसरी फिल्डमा खट्नेहरुमा मुख्यतः अध्यक्ष झविनसुनाम,उपाध्यक्ष धुव्रराज घिमिरे,सचिव केशव वन्जाडे, सदस्य राम प्रसाद भट्टराई,सदस्य रामाकान्तभट्टराई, चन्चल पोखरेल सहितको टोली रहेको छ । सामान्यतः कोरोना संक्रमण को डरले स्वास्थ्यकर्मी समेत जनताको उपचारमा नलाग्ने अवस्था हुदापनि पाणिनी पर्यटन समाज अर्घाखाँचीलेलकडाउन को पुर्ण पालना गराउने मात्र हैन पाणिनी गाँउ पालिका क्षेत्रमा पुगी समस्या परेका वाह्यस्थानीय तह तथा जिल्लाका यात्रीलाई पनि गन्तव्यमा पुराउन आफ्नै एम्बुलेंस मार्फत पनि सहयोग गर्दैआएको छ । 


पाणिनी पर्यटन समाज अर्घाखाँचीले झविन सुनामको नेतृत्वमा २०७७ जेठ २७,२८,१९ र ३० गतेपाणिनी गाँउ पालिका स्थित सवै करेन्टाईन रहेका सवै नागरिकलाई माक्स वितरण गरेको छ ।पाणिनि गाँउ पालिकामा पाणिनी पर्यटन समाज अर्घाखाँचीको तथ्याङ् वमोजिम लकडाउन सुरु भएकोमितिदेखी जेठ ३० गते सम्म अर्घाखाँची जिल्ला तथा देश वाहिर विविध उद्देश्य लिएर गएका ६०५ जनापाणिनीवाँसी गाँउ पालिका स्थित विभिन्न करेन्टाईनमा पुगी सकेका छन । जसमा पाणिनी गाँउपालिका वडा नं १ पाणेना ३० जना, वडा नं २ पोखराथोक ७४ जना, वडा नं ३ खिदीम ९७ जना, वडा नं४ पटौटी १०९ जना , वडा नं ५ मैदान ८४ जना , वडा नं ६ धातिवाग ५३ जना, वडा नं ७ अडगुरी ७६ जना, वडा नं ८ पाली ८२ जना रहेका छन ।


पाणिनी पर्यटन समाज अर्घाखाँचीले पाणिनी गाँउ पालिका र सवै वडा समिती सहित स्थानीय हरुकोसाथ साथ काम गर्दै आएको छ । पाणिनी पर्यटन समाज अर्घाखाँचीले देउसी भैलो खेलेर पाणिनी माभित्राएको एम्बुलेंस दैनिक रुपमा फिल्डमै छ । यो संक्रमणकालिन समयमा यदि पाणिनीमा एम्बुलेंसनआएको भए पाणिनी वाँसीले धेरै नै दुख पाउने निश्चित थियो सुन्तला जात स्रोत व्याक्ति चोलनाथपौडेलको भनाई थियो । पाणिनी पर्यटन समाज अर्घाखाँची ले दैनिक रुपमा कोरोना संक्रमणनियन्त्रणको लागी स्यंमसेवक फिल्डमा खटाएउदै आपत्काल परेको स्थानमा तत्काल आर्थिक,नैतिक रभौतिक सहयोग पनि गर्दै आएको छ । यसै कारण पनि यो संस्थाले पाणिनी गाँउ पालिकामा मात्रनभएर अर्घाखाँचीमै लोकप्रियता कमाएको जानकारहरु वताउन थालेका छन । 


तस्वीर: डिआरजीसुमनअर्घाखाँची

अन्य समाचारहरु