अर्घातोषमा लागेको भीषण आगलागीमा परी एक १५ वर्षिया किशोरको मृत्‍यु

अर्घातोष, अर्घाखाँची (२०७१ जेष्ठ १४ बुधवार) ।  अर्घाखाँची जिल्लाको अर्घातोष गाविसमा लागेको भीषण आगलागीमा परी एक जना किशोरको ज्यान गएको छ ।
 
 
अर्घातोषको जुम्लिकुला कामिनडाँडा सामुदायिक जंगलमा आगलागी हुँदा अर्घातोष - २ चिदिपानी निवासी गणेश नेपालीका १५ वर्षिया जेठो छोरा नारायण नेपालीको मृत्‍यु भएको हो ।

स्थानिय श्री नरेश निम्न माध्यामिक विधालयमा कक्षा ८ मा पढदै गरेका नारायण आगलागी भएको हेर्न गएका र मंगलवार साँझ करिव ६ बजे आगो निभाउन खोज्दा उक्त घटना भएको प्रत्क्षयदर्शी बाबुराम बन्जाडेले अर्घाखाँची डट्कमलाई बताए ।

मंगलवार विहान १० बजेबाट आगलागी भएको थियो । आगलागीबाट करिव १३ हेक्टर बराबरको जंगल सखाप भएको छ।
 
आगलागी स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो।  अर्घातोषबाट आएको प्रहरी टोलीको घटनाको मुचुल्का उठाएको थियो। 
 
गर्मी याम शुरु भए सँगै अर्घाखाँचीमा आगलागीका घटनामा वृद्धि भएको छ भने आगलागीवाट करोडौँको क्षति भएको देखिन्छ ।  गर्मी याम शुरु भए लगत्तै आगलागीका घटनाहरुमा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला वन कार्यालय अर्घाखाँचीले पनि सवै पक्षलाई सावधानी अपनाउन आग्रह गरेको छ।  
 
Baburam Banjade at Arghatosh contributed to this report.

अन्य समाचारहरु