अर्घाखाँचीमा जन्मेकी गायिका सुनितामी परियारको नयाँ लोक दोहोरी गीत "जुनेली रातैमा" सार्वजनिक

अर्घाखाँचीमा जन्मेकी गायिका सुनितामी परियारको नयाँ लोक दोहोरी गीत

अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जन्मेकी लोक तथा दोहोरी गायिका सुनितामी परियारको नयाँ लोक दोहोरी गीत ‘जुनेली रातैमा’ सार्वजनिक भएको छ ।


गायिका सुनितामी परियारको नयाँ लोक दोहोरी गीत ‘जुनेली रातैमा’ सार्वजनिक भएको हो ।

यस्तै गायिका सुनितामी परियार र गायक ईश्वर सुनारको आवाजमा सजिएको उक्त गितमा उत्कृष्ट लय शब्द सर्जक शरद पाण्डेको रहेको छ ।यस्तै संगीत संयोजन सुनिल परियारले गरेका छन् भने ध्वनि मुद्रण श्यामश्वेत रसाइलीले गरेको छन्। प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको छ ।

साथै मौसम हिमालीको उत्कृष्ट निर्देशन एवम् नवराज उप्रेतीको छांयाकनमा तयार भएको गितको म्युजिक भिडियोमा चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल,विजय पुन लगायत अन्य थुप्रै कलाकारहरुको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।

गीतको म्युजिक भिडियोलाई प्रबिन भट्टले सम्पादन एवम् रंग संयोजन गरेका छन् भने भिडियोको सह-सम्पादन अधिनायक मान शेरचनले गरेका छन् । यस्तै गितलाई रेकर्डिष्ट कमल थापाले प्रिज्म स्टुडियोमा रेकर्ड गराएका थिए।

साथै बिपि फिल्मस नेपालले दृश्य सम्पादन गरि तयार पारिएको उक्त गितको म्युजिक भिडियो सुनितामी परियारको अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

अन्य समाचारहरु