डिआरजी सुमन
विरेन्द्र नगर, सुर्खेत शुक्रवार १३ फागुन २०७८ । कर्णाली प्रदेशको दैलेख जिल्लाको भगवतीमाई गाँउपालिका भ्रमणमा रहेको स्वतन्त्र डिआरजी सुमन सहितको टीमद्धारालाई कर्णाली प्रदेशको राजधानी विरेन्द्र नगर सुर्खेतमा स्थानीय जनप्रतिनिधी सहित सामाजिक अभिनयान्ताद्वारा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको महत्वपूर्ण पर्यटकीय क्षेत्र दैलेख ज़िल्लाको भगवती माई गाँउ पालिका जनप्रतिनिधी ६ नं वडा अध्यक्ष वीर संकर रोकाय, भगवतीमाई गाँउ पालिका ३ नं वडा सदस्य जय खड्कासँग विरन्द्रनगर सुर्खेतमा अनौपचारिक भेटघाट भएसँगै पर्यटकीय क्षेत्रको प्रचार र गन्तव्य को अध्यानको लागी पुर्ण सहयोग रहने प्रतिबद्धता दिनु भएको छ ।
प्रारंभिक अध्यायन अवलोकन को लागी अनुसन्धान टोली सुर्खेत पुगेसकेपछि अभियान्ता इन्द्रा सिंग (रेजीना) र खगेन्द्र रोकाय द्वारा स्वतन्त्र पत्रकार डिआरजी सुमन,पिएसएम नेपाल अध्यक्ष संकल्प काफ्ले,डिआरजी सुमन फ़ैन्स कल्व नेपाल का सचिव नेत्र नेपाली लाई स्वागत भएको छ ।
जनप्रतिनिधी तथा सामाजिक अभियानकर्ता सहितको सुर्खेतमा सम्पन्न अनौपचारिक छलफलको निष्कर्षले शनिवार विहान अध्यान टोली सुर्खेतको विरेंद्र नगर देखी दैलेख को भगवतीमाई गाँउ पालिका प्रवेश गर्ने गरी योजना तय गरेको छ । - तस्वीर डिआरजी सुमन/विरेंद्रनगर सुर्खेत ।

