पाणिनी गाउँपालिकामा अस्ट्रेलियामा पाइने बोयर बाख्रा उत्पादन, पशुजन्य उत्पादनमा निर्यातको अवस्था

पाणिनी गाउँपालिकामा अस्ट्रेलियामा पाइने बोयर बाख्रा उत्पादन, पशुजन्य उत्पादनमा निर्यातको अवस्था

कमला घिमिरे 

पाणिनी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी  गाउँपालिका दुध,अण्डा र मासुमा आत्म निर्भर मात्र हैन् निर्यातको अबस्थामा पुगेको छ । केही समय पहिला अण्डा र मासुजन्य पदार्थ बाहिरबाट आयात गर्नु पर्ने गाउँपालिकाबाट अहिले निर्यात भैरहेको छ ।

गाउँपालीका भित्र रहेका १० वटा डेरी र ५ वटा पोल्ट्री फर्म वाट उत्पादित दुध र अन्डा दैनिक रुपमा गाउपालिका वाहिर विक्री वितरण गर्ने गरिएको छ  । १० वटा डेरी वाट मात्रै गत आर्थिक वर्षमा ८ लाख ६० हजार १सय ३९ लिटर दुध संकलन भएको र ५वटा पोल्ट्रि फर्म वाट गरी दैनिक २२ हजार अन्डा उत्पादन भएको कृषि प्राविधिक दधिराम अधिकारीले वताए ।

डेरीमा संकलीत दुधमा प्रति लिटर २ रुपैया ५५ पैसा किसान लाइ प्रत्यक्ष अनुदान स्वरुप गत आर्थिक वर्षमा २१ लाख ९३ हजार ३ सय ४२ रुपैया वितरण गरेको छ । स्थानिय तहमा वोयर वाख्रा र टिस्यु कल्चर विधिवाट आलुको विउ उत्पादनको हव केन्द्रको रुपमा विकास गर्ने गरी योजना अगाडी वढाएको पशु प्राविधिक कृष्ण घिमिरेले वताए ।

आर्थिक बर्ष २०७५।०७६ मा अस्ट्रेलियावाट २५ वटा शतप्रतिशत वोयर वाख्रा ल्याई बोयर हबको रुपमा चिनाउन गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।  कृषि शाखा प्रमुख मेघराज पौडेलका अनुसार अहिले २३ वटा नयाँ पाठापाठी उत्पादन भई विक्रीको अवस्थामा रहेका छन् । पच्चिस किलो सम्मको तौल भएका  पाठीको मूल्य रु १ लाख २० हजार र पाठाको मूल्य १लाख ५० हजार निर्धारण गरिएको छ । भने २५ केजी भन्दा वढी तौल भएमा प्रति केजि थप ३ हजारका दरले विक्री वितरण गर्ने गरी मूल्य कायम गरिएको छ । उत्पादन भएका वाख्रा हाललाई पालिका भन्दा वाहिर वेच्न नपाउने व्यवस्था समेत गरिएको छ ।

अड्गुरी मैदान र पोखराथोक गरी ३ वटा स्थानमा स्रोत केन्द्र स्थापना गरीएको छ । वाख्राको  विमा, दाना औषधी उपचार र खोर निर्माण खर्च समेत सुरुका वर्ष पालिकाले दिदै आएको छ । सुरुका वर्ष ८ वटा प्रजनन बोका सहित अस्ट्रेलिया वाट शतप्रतिशत वोयर जातका वाख्रा आयात गरी खोर निर्माण लगायतका अन्य व्यवस्थापकिय खर्च समेत गरी ७५ लाख खर्च भएतापनि अहिले स्रोत केन्द्रमा दाना घास र विमा वापतको खर्च मात्र पालिकाले दिने गरेको छ ।

गाउँपालिकाले आलु विउ उत्पादनको कार्यक्रम पनि सञ्चालन गरेको छ । टिस्यु कल्चर विधिवाट उत्पादन गरिएका ५ हजार ७ सय दाना गाउँपालिका ल्याई गत वर्षवाट आलु विउ उत्पादन हव क्षेत्रका रुपमा अगाडी वढाएको छ । गत वर्ष वितरित १० किलो आलु विउवाट यस वर्ष १६ क्विनटल आलु उत्पादन भएको कृषि शाखाले जनाएको छ । वितरण गरिएको प्रति दाना आलुवाट न्युनतम १ केजी आलु फलेको कृषि शाखा प्रमुख पौडेलको  भनाई रहेको छ  । उनका अनुसार यस विधिवाट उत्पादन भएको आलुको विउको मूल्य प्रति केजी रु २ सय रहेको छ । अवको ५ वर्ष भित्र गाउँपालिका आलुको विउ उत्पादनको हव केन्द्रको रुपमा विकास हुने दावी समेत गरे । उनका अनुसार यसरी उत्पादन भएको आलुको विउमा रोग र भाईरसको जोखिम कम हुन्छ ।

गाउँपालिकालाई स्माट कृषि गाउँपालिकाको रुपमा विकास गर्न आफू लागी परेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले वताए । उनि भन्छन् “कृषिलाई आधुनिकिकरण गरी कृषी जन्य उत्पादनको विक्री वितरण प्रणालीलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्दै लैजादै छौ । यही वर्ष देखी कृषि एम्वुलेन्स पनि सञ्चालनमा ल्याउदै छौ । हामीले आधारभूत काम गरिराखेका छौ । स्मार्ट कृषिको रुपमा विकास गर्दा नदेखिएका धेरै कुराहरु अवको २/३ वर्ष पछि विस्तारै देखिदै जादा मात्र हामीले गरेको कामको प्रभावकारी र दुरदशीता प्रमाणीत हुन्छ । अहिले नै म केहि भन्दिन २/३ वर्ष पछि किसानले आफै भन्नुहुन्छ ।’’

गाउँपालिकाले किसानलाई अनुदानमा आधारित हाते ट्याक्टर ,घास काट्ने मेसिन र मौरी घार लगायतका कृषि सामग्री समेत विरण गर्दै आएको छ ।

अन्य समाचारहरु