दैलेखमा आफ्नै ६५ वर्षीय वृद्ध बाबुको कोदालो प्रयोग गरी हत्या

- प्रकाश अधिकारी
 
दैलेख - दैलेखमा छोराले आफ्नै वृद्ध बाबुको हत्या गरेका छन् । नारायण नगरपालिका- ९ साडुका हिरासिंह रेश्मीमगरले ६५ वर्षीय बाबु गंगाबहादुरको हत्या गरेका हुन् ।
 
गंगाबहादुरका ४० वर्षीय जेठा छोरा हिरासिंह केही समयदेखि मानसिक रोगी भएको छिमेकीले बताएका छन् ।
 
घटनास्थल पुगेको प्रहरीले आइतबार राति कोदालो प्रयोग गरी हत्या गरेको जनाएको छ ।
 
बाबुको हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

अन्य समाचारहरु