ठाडामा सास्कृतिक कार्यक्रम, शुरुको भावुकता मेटाउँदै नचाए पुरुषोत्तमले

अर्जुन भुसाल
 
ठाडा, अर्घाखाँची जेठ १६ ।
 
उदारैमा खाए बरु पेट नमारे है
आमा तिम्ले दमको दवाइ खान नछाडे है ।
बाबालेनी वाधको दवाइ नभुलेर खानु
कस्तो भयो होला बरै उजेलीको गानु ।
सम्झी सम्झी नरौ है आमा, तिम्रो छोरो  जिउँदै छ रनमा
 
जिल्लाको ठाडा गाविसमा भएको एक सास्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले स्टेजमा चढन साथ अर्का चर्चित लोक गायक नारायण रायमाझीको कारगील एल्वममा समावेश भएको यो गित गाए । उनले  रायमाझीले आफूलाई लोक गितको क्षेत्रमा लाग्न प्रेरित गरेकै कारणले अहिले यो अबस्था सम्म आएकोले उनको  गित सुरुमै गाएको बताए  । निकै मर्म स्पर्शी उक्त गित गाउँदा दर्शकहरु भाभुक भए । उनले दर्शकलाई धेरै बेर सम्म भाभुक बनाउन चाहेनन् ।
 
 गित गाउदै चर्चित लोक पुरुषोत्तम न्यौपाने ।
 
लगत्तै नरिसाउन सानो कुरैमा, आज मुग्लीन झरौ, भोली त बसमा सरर वुटवल हुँदै तुल्सीपुरैमा  बोलको गित गाए पछि दर्शकहरु छमछमी नाँच्न र तालि बजाउन थाले । घाम जस्तो चम्किलो जुन हुँदैन, पुर्वैमा झ्याल राखे, आफ्नै बाटो खोज्नु परेमा लगायतका उनका गितमा दर्शकहरु नाचेका थिए ।
 
लोक गायक न्यौपानेले अाफ्ना चर्चित पुराना गितहरु  ढुङ्गे धारामा, रुन्छनी मन किन रुदैन, झिलझिल सितरा, मिर्मि मुनि काली धुनेको, देउरालीमा धजा यो मन किन रुन्थ्यो गरि करिव एक दर्जन नयाँ पुराना गितहरु गाउदा दर्शकहरुले निकै मनोरञ्जन लिए । उनले गित पस्कदा दर्शकहरु स्टेजको नजिक पुगेरै मनोरञ्जन लिन पुगेका थिए । अर्घाखाँचीको मनोरम पर्यटकीय क्षेत्र ठाडा डमरु दह जाऔं आन्तरीक पर्यटनलाई पेवा पु-याऔं भन्ने उद्देश्यका साथ  वृत चित्र नमस्ते अर्घाखाँचीले आयोजना गरेको विविध सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्नो गित नृत्य प्रस्तुत गरेका थिए ।
 
 गित गाउदै चर्चित लोक पुरुषोत्तम न्यौपाने ।
 
लोक गायक न्यौपानेले पर्यटन प्रर्वद्धनमा टेवा पु-याउने उद्देश्यका साथ आयोजना भएको  कार्यक्रमले पर्यटन विकासमा टेवा पु-याउने  बताए । गित संगिको माध्यमबाट पनि पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ उनले भने । उनले लोक गित संगितको जर्गेना गर्न सके संस्कृतिको पनि जर्गेना हुने बताए  ।
 
लोक गायिका कृष्णा परियारले पनि विभिन्न एकल तथा दोहोरी गित पस्केर दर्शकहरुलाई मनोरञ्जन दिलाइन । उनले हाम्रो माया निरमाया दुइ दिनमै छुट्यो, खस्यो वलेनी, रुमाल धोको छु, कि आउ यतै कि बोलाउ त्यतै, सालैजो लगायतका अधा दर्जन भन्दा वढि गित गाइन ।
 
 गित गाउदै चर्चित लोक पुरुषोत्तम न्यौपाने ।
 
कार्यक्रममा लोक गायक जिवन परियार, विश्वास नेपाल, खुमराज घिमिरे, आधुनिक गायक उदित नारायण कौशल, हास्य कलाकारहरु रुद्र रायमाझी, यम बहादुर जिसी, रविन नेपाली लगायतका स्थानिय कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

जिल्लको पर्यटन विकासलाई सफल तुल्याउन सास्कृतिक कार्यक्रम मार्फत प्रचार गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक हेमन्त कुमार बेल्बासेले  बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्दै जाने बताए । कला सस्कृतिको संरक्षण सँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा सार्थकता तुल्याउन कार्यक्रमको आयोजना गरिएको हो उनले भने ।

अन्य समाचारहरु