ठाडा अमराई बजारमा ३ जनालाई न्यू अमरावति युवा क्लबको सहयोग

ठाडा अमराई बजारमा ३ जनालाई न्यू अमरावति युवा क्लबको सहयोग


अर्घाखाँचीडट्कम संवाददाता 

अमराई बजार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा शितगङ्गा नगरपालिका वार्ड नं. ४ ठाडा अमराई बजारमा ३ जनालाई न्यू अमरावति युवा क्लबले सहयोग गरेको छ । 


ठाडा अमराई बजारमा हेल्थ डेस्क संचालन गरेको न्यू अमरावति युवा क्लबले चितवन देखि पुर्कोट पुग्ने २ जना र अन्य १ जनालाई खानाको लागि सहयोग गरेको हो । चितवन देखि पुर्कोट पुग्ने २ जना साइकलमा आएका थिए । 


यस्तै हेल्थ डेस्क संचालन गरेको न्यू अमरावति युवा क्लबलाई डिल बहादुर गुरुङबाट २ पेटि पिउने पानी, हुम बहादुर बि. कबाट १ दर्जन बिस्कुट र आनन्द भुसालबाट १ पेटि पिउने पानी सहयोग भएको छ । 

अन्य समाचारहरु