अर्घामा जुवा तास खेली रहेको अवस्थामा रु. ४८,३४० सहित ७ जना जुवाडे पक्राउ

अर्घामा जुवा तास खेली रहेको अवस्थामा रु. ४८,३४० सहित ७ जना जुवाडे पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घामा जुवा तास खेली रहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको छ ।

अर्घामा जुवा तास खेली रहेको अवस्थामा ७ जनालाई प्रहरीले रु.४८,३४०(अठ्चालिस हजार तिन सय चालिस) नगद र तास ४ गड्डि सहित मंगलवार पक्राउ गरेको हो ।

अर्घामा पैसाको हारजित हुने गरी  जुवातास खेलिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्र.नि.शुजन शाहको कमाण्डमा खटिएको  प्रहरी टोलीले उनिहरुलाई प्रकाउ गरेको थियो । 

 नियन्त्रणमा लिएर थुनामा रहेका उनिहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट १० दिनको म्याद थप भई कानून बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले अर्घाखाँचीडट्कमलाई बताएको छ । 

अन्य समाचारहरु