श्रीमान श्रीमतिको झगडा के परालको आगो हो त ?

श्रीमान श्रीमतिको झगडा के परालको आगो हो त ?

निरु आचार्य "नवरश्मी"                     

 जब म सानी थिए ,गाउमा घर झगडा भएको सुन्थे र मनमनै सोच्थे ...किन कराएका होलान् ?किन मुखमा जे आयो त्यही बोल्छन् होला भन्दै ।साझपनि बुढाबुढि झगडा गरेकै सुन्थे   अनि निदाउथे र बिहानैदेखी झगडा गर्न सुरु गर्थे र म त्यही  हल्लामा  ब्यौझिन्थे । त्यो झगडा मेरो अलाम बनेको थियो ।मलाई भन्न लाग्थ्यो ..,आजकालको जमानापनि  झगडा मात्रै दिनहुँ गर्छन् ... के समस्याको समाधान झगडा नै हो त ..? दुबैजना अबुज थिए ,अनपढ थिए ।वरिपरिका छिमेकी झगडा गरेको रमिता हेरेर मात्र बस्थे र भन्दै हिंड्थे ..सधै कराउछ्न ,झगडा मात्रै गर्छन् ,पिटापिट गर्छन्  ।दिनहुँ झैझगडाले गाउलेहरु समेत दिक्क मानिसकेका थिए ।     

घरमा छोराछोरी स्कुल पढ्ने भइसकेका थिए ।बच्चालाई स्कुलको तयारी गराउनु सट्टा बिहानैदेखि बाआमा झगडामा ब्यस्त हुन्थे ,रक्सी खान्थे र रिस छोराछोरीमाथि पोक्थे ।बिचरा ..! ति निर्दोष सन्तानको के दोष ? पढ्ने उमेरमा स्कुल जान नपाउनु ।नत उनीहरु समयमै खाना खान  पाउथे नत स्कुल जान ..  ।बस ! बा आमाको रमिता हेर्नु सिवाय उनिहरुसङ्ग कुनै उपाए थिएन किनकी उनिहरु बिबाद मिलाउनसक्ने भइसकेका थिएनन् । एक अर्कोतिर हेरेर भक्कानिन्थे, अङालो मारेर रुन्थे , चिच्याउथे ।     

स्कुल सधै ढिला जान्थे, अनि शिक्षकको गाली खान्थे नत गृहकार्य नै गरेका हुन्थे नत कापी कलम नियमित बोकेरनै जान्थे किनकी बाआमालाई कमाएको पैसा जाडरक्सी खान नै पुग्दैनथियो ।कहिलेकाही "गरिब तथा जेहेन्दारको" रुपमा पाएको छात्रवृत्ति समेत रक्सिमै सक्थे ,त्यसरी नै दिनचर्या बिताउथे ।                                         

 बिस्तारै बिस्तारै म पनि कलेज पढ्ने भइसकेकी थिए र हरेक समस्याहरुसङ्ग जुध्नसक्ने भइसकेकी थिए अनि त्यो झगडामा दिनरात नभनी खटिरहने परिवारलाई मिलाउन केहि सब्द भन्नसक्ने भएकी थिए ।उनिहरुका छोराछोरीपनि हुर्किदै ,बढदै गए तर राम्रो शिक्षा अनि संस्कार लिनबाट बन्चित भए ।कतै नराम्रो काम भए त्यही उनिहरुकै उदाहरण लिन्थे ,कतै प्रगती उन्नती नभएको खबर भए उनिहरुकै नाम लिन्थे ।हरेक कार्यक्रममा जादा छोराछोरी आफ्ना बाआमा सम्झेर आफुलाई धिक्कार्थे ,राम्रो संस्कार नपाएकोमा दुखी हुन्थे ,राम्रो शिक्षा नपाएकोमा सधै पछि पर्थे । आफ्ना साथीहरुले कैले  सरसफाइ ,कैले दैनिकी हाजिरी ,कैले सिर्जनात्मक कार्यक्रम त कहिले परिक्षामा प्रथम भएको पुरस्कार पाउदा सदा उनिहरु ताली पड्काउने पात्रमात्र बन्दा आफैमा नमज्जा मान्थे र कल्पना गर्थे एस्तै पुरस्कार पाएको  र समाजका हरेक गतिविधि दखी लिएर हरेक कार्यक्रममा उनिहरुको परिवारको नाम कहिल्यै गन्तिमा आएन ।                                 
        .                                     
  बिहान साझ रक्सी खान पुग्ने तर सन्तानको लागि शिक्षा दिक्षामा आर्थिक अभाव हुनु कति नाजाएज हुन्छ म बणन गर्न सक्दिन ।श्रीमान श्रीमतिको झगडालाई परालको आगो जस्तै मान्नु कतै समाजको पनि कमजोरी हुन्छकि भनी प्रस्न गर्न मन छ ? जसले गर्दा ठुला ठुला घटनाहरु समाजमा दिनहुँ भइरहेको पाइन्छ ।कैले श्रीमान राती १२/१ बजे आएर श्रीमति कुटने त ,कहिले बाटोमा खोजेर घर ल्याउने, अशिक्षितताको कमिले हो जस्तो लाग्छ जसले गर्दा समाजमा आत्महत्या ,हत्याहिंसा ,आतंक ,लूटपाट झन बढदै जाने देखिन्छ तथा परिवार देखी लिएर समाजको इज्जत ,मान -सम्मान ,प्रतिष्ठामा       समेत ठेस पुग्दछ त्यसैले पारिवारिक झगडालाई हल्का मान्दै गइयो भने दिनप्रतिदिनको  झगडाले   ठुलो रुप लिन सक्दछ ,साथै  डिप्रेसनको सिकार हुन पनि बेर लाग्दैन र परिवारमा दिनप्रतिदिन घटनाहरु दोहोरिरहन सक्दछ्न  तसर्थ हरेक समस्याहरु  पारदर्शी बनाइ जतिसक्दो छिटो निराकरणको उपायतिर लाग्नु अति आवश्यक छ ।

श्रीमान श्रीमति बिच हरेक कारोबार  तथा समस्याहरु पारदर्शी बनाउदै जाने र एक अर्कामा मान ,प्रतिष्ठा ,इज्जत ,सम्मान,समझदारी  देखाइ अघि बढने हो भने सम्बन्ध बलियो बन्दछ र समाजमा औंला ठडाउनेको जमात घट्दै जान्छ ।

अन्य समाचारहरु