सुवर्णखालको मन्द्रे, मैदान, मौलाडाँडामा राहत बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुवर्णखालको मन्द्रे, मैदान, मौलाडाँडामा राहत बितरण कार्यक्रम सम्पन्न  (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

सुवर्णखाल,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका १ सुवर्णखालमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । 


कोरोना भाइरस Covid-19 को महामारिलाई मध्यनजर गर्दै भै रहेको लकडाउनले प्रभावितहरुलाई राहत बितरण गर्न बाकी रहेको सितगङ्गा नगरपालिका १ मा राहत बितरण गरिएको हो । 


 जस अनुसार शुवर्णखाल र मन्द्रे मैदान, मौलाडाँडा गरि ८८ जना अति बिपन्न दैनिक ज्याला मजदुरी गरेर दैनिकी गुजारा गर्नेलाई यसै नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी ,उपप्रमुख टीका रेस्मी,वाड अध्यक्ष बुद्धि कृष्ण पौडेल , जनप्रतिनिधी साथै इप्रका ठाडाका सहितको टिम, रामबाण गुल्मका प्रमुख ईस्वर काफ्ले सहितको टिम विभिन्न संघ सस्था,समाजका अगुवा ब्यक्तिहरु प्रत्रकारहरुको रोहबरमा चामल २५ किलो दाल ३ किलो २ तेल २ लिटर २ किलो नुन राहत बितरण गरिएको सितगङ्गा नगरपालिका वाड न. १ का अध्यक्ष बुद्धि कृष्ण पौडेलले जानकारी दिनु भएको छ। 


साथै वाड न. १ मा रहेको क्वारेन्टाइन हल्दे कालिका आधारभुत बिद्यालयमा रहेका ६ जनाको अनुगमन गरियो. जसमा सम्पुर्ण ब्यबस्थापन नगरपालिकाले गर्ने भएको छ। यस्तै आज काठमाण्डौबाट आएका १० ओटा बसमा १५ जना सितगङ्गा नगरपालिका रहेकोमा सम्पुर्णलाई अनिबार्य होम क्वारेन्टाइनमा रहने गरि छडिएको स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भएको छ ।


साथै सबैको बिवरण नगरपालिकामा भरेर मात्र उनिहरुलाई पठाइएको थियो साथै आज आएका सम्पुर्णलाई निगरानिमा राखिने शाखा प्रमुख पौडेलले बताउनु भयो। 

अन्य समाचारहरु